Wednesday 21st October 2026

भोटेकोसी बाढीबारे प्रधानमन्त्री शाहको संसद् सम्बोधन


प्रधानमन्त्री बालेन शाहले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत र पुनर्स्थापनाका कामलाई तीव्र रूपमा अघि बढाएको बताएका छन्।

प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले हालसम्म करिब १२ हजार जनाको उद्धार गरिएको, प्रभावित क्षेत्रका नागरिकलाई राहत तथा अस्थायी आवासको व्यवस्था गरिएको र पूर्वाधार पुनःस्थापनाको काम जारी रहेको जानकारी दिए। उनले बाढीका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना व्यक्त गरे।

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण यस्ता विपद्को जोखिम बढ्दै गएको भन्दै प्रभावित नागरिकको पुनर्स्थापना र पुनर्निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताए।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...