Thursday 2nd July 2026

स्पेस एक्सले चन्द्रमामा पर्यटक लैजाने


तितोपाटी – अमेरिकाको स्पेस एक्स नामक कम्पनीले पर्यटकहरूलाई चन्द्रमाको भ्रमणमा लाने भएको छ । स्पेस एक्सले यसका लागि बिग फाल्कन रकेट (बीएफआर) को प्रयोग गर्नेछ र त्यसका लागि बीएफआरलाई व्यापक सुधारसहित डिजाइन गरिएको छ ।

कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्न विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ । अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थानविन्दु हो । स्पेस एक्सले यस विषयमा थप विवरण सार्वजनिक गरेको छैन ।

टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी समेत रहेका एलन मस्कले चन्द्रमाको परिधिमा यात्रु लाने घोषणा गरेको यो पहिलो घटना भने होइन । क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लाने घोषणा गरेको थियो । सन् २०१७ को फेब्रुअरीमा स्पेस एक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो । स्पेस एक्सले हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लाने काम गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा तैनाथ इजरायली सैनिकहरूको भ्रमणका क्रममा इजरायल र लेबनानले एकअर्कालाई सार्वभौम राष्ट्रका रूपमा स्वीकार गरेको…

जर्मनीको उत्तरी शहर स्टाडेमा रहेको हेरचाह केन्द्रमा सोमबार भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका…

भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पले देशलाई गम्भीर संकटमा पारेको छ। पहिले नै आर्थिक संकट, सरकारी कमजोरी र प्रतिबन्धका कारण कमजोर…

प्रतिकृयाहरू
...