Tuesday 4th August 2026

कुवेतमा नेपाली महिला घरेलु कामदारको करेन्ट लागेर मृत्यु


राज मल्ल – कुवेतमा एक जना नेपाली घरेलु कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।  मोरंङ्गकी फुलमाया बि .क. को कुवेतको जिलिबमा निधन  भएको हो । बेलवारी -५ मोरंङ्गकी अन्जादी ३९ बर्षिया फूलमाया बिं.कको मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ ।

घरेलु कामदारको रुपमा करिव ७ महिना पहिले कुवेत आएकी फुलमाया आइतवार मात्र स्पोन्सरको घरबाट भागेर इलिगल भइ जिलिव पुगेर कामको खोजीमा रहेको बुझिएको छ । फुलमायाको पोष्टमार्टम रिपोटमा करेन्ट लागेर मृत्यू भएको जनाइएपनि आफै लगाएको वा लागेको भन्ने वारे केही खुलेको छैन ।

 यस बारेमा नेपाली राजदूतावासमा बझ्दा दूतावास कुवेतका प्रथम सचिब तथा सुचना अधिकारी भोगेन्द्र लिंगदेनले घटनाको पुष्टि गर्दै मृतकको परिवार सम्पर्कमा आइसकेको र जति सक्दो  चाँडो शव नेपाल पठाउने तयारी रहेको बताए।


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

प्रतिकृयाहरू
...