Wednesday 21st October 2026

रसुवा बाढी अपडेट: टेलिकमको निःशुल्क सेवा, उद्धार कार्य तीव्र


रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाल टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनका लागि निःशुल्क टेलिफोन, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको छ। प्रभावित ग्राहकले प्रतिदिन २ जीबी डाटा, ५० वटा एसएमएस र अनलिमिटेड भ्वाइस सेवा पाउनेछन्।

बाढीका कारण रसुवा र नुवाकोटमा गरी ७ वटा टेलिकम टावरमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने मर्मत टोली प्रभावित क्षेत्रमा खटिएको छ।

यसैबीच, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। नेपाली सेना र निजी कम्पनीका हेलिकोप्टरबाट हालसम्म १२ जनाको हवाई उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा थप उद्धारकर्मी, हेलिकोप्टर तथा मेडिकल टोली परिचालन गरिएको छ।

प्रारम्भिक विवरणअनुसार बाढीले स्याफ्रुबेँसी, टिमुरे, बेत्रावती र आसपासका बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। केही सुरक्षाकर्मी र यात्रु अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्य जारी छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...