Wednesday 21st October 2026

रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा ठूलो क्षति, उच्च सतर्कता जारी


तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक, पुल तथा केही जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

बाढीको प्रभाव त्रिशूली नदी हुँदै धादिङ, नुवाकोट, गोरखा र चितवनसम्म फैलिन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले उच्चस्तरीय बैठक बोलाउनुका साथै उद्धार र राहतका लागि सेना, प्रहरी तथा हेलिकोप्टर परिचालन गरिएको छ। केही सुरक्षाकर्मी सम्पर्कविहीन रहेको र क्षतिको यकिन विवरण संकलन भइरहेको जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...