Wednesday 14th October 2026

“हाम्रो सीमामा शत्रुतापूर्ण शक्तिलाई बस्न दिँदैनौँ”


इजरायली रक्षा बल (IDF) का प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले दक्षिणी सिरियाको भ्रमण गर्दै इजरायलको सीमासँगै कुनै पनि शत्रुतापूर्ण शक्तिले आफ्नो सैन्य उपस्थिति स्थापित गर्न नदिने चेतावनी दिएका छन्। 

जामिरले भने, “हामी सिरियाली मोर्चामा भइरहेको परिवर्तनलाई नजिकबाट निगरानी गरिरहेका छौँ। हामी अझै बहु–मोर्चीय युद्धमा छौँ, सबै क्षेत्रमा सतर्क रहँदै सक्रिय रूपमा काम गरिरहेका छौँ।”

उनले आवश्यक परेको अवस्थामा इजरायली सेनाले आफ्नो सैन्य क्षमताको प्रयोग जहाँ र जुन समयमा आवश्यक हुन्छ, त्यहीँ गर्ने बताएका छन्। साथै, लामो समयदेखि सेवामा रहेका रिजर्भ सैनिकहरूले गरेको सेवा, त्याग र बलिदानको पनि उनले प्रशंसा गरे। 

यो चेतावनी सिरियामा इजरायलले गरेको पछिल्लो हवाई हमलापछि आएको हो, जसले इजरायल र टर्कीबीच सिरियालाई लिएर तनाव थप बढाएको छ। इजरायलले सिरियाको अबु अल-दुहुर एयरबेसमा टर्कीको सैन्य उपस्थिति हुन लागेको दाबी गर्दै हमला गरेको थियो, जबकि टर्की र सिरियाले इजरायलको दाबीलाई अस्वीकार गरेका छन्।


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...