Monday 22nd December 2025

झापामा २१ वर्षका मामाद्वारा ४ वर्षीया भान्जी बलात्कृत


तितोपाटी – झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी–३ जलथलकी बालिकालाई सोही वडाका २१ वर्षीय युवकले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

बालिका बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाले अभियुक्त युवकलाई पक्राउ गरिसकेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । बालिका र युवकको घर सँगसँगै रहेकाले युवकको नाम खुलाउन नमिल्ने प्रवक्ता बस्नेतले बताए ।

प्रहरीका अनुसार आइतबार दिउँसो छिमेकी बालिकालाई साइकलमा राखेर युवकले घुमाउन लगेका थिए । नाताले मामा पर्ने युवकले घुमाउन लगेको मौका छोपी जलथलको जङ्गलमा बालिकालाई बलात्कार गरेका थिए ।

अपराह्न घर फर्किएकी बालिकाको योनीमा रगत देखेपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले आइतबार राति नै युवकलाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए ।

यसअघि गत साउन २० गते झापाकै अर्जुनधारा नगरपालिका वडा नं २ मा छिमेकी १५ वर्षीय युवकले चार वर्षीया बालिकालाई बलात्कार गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...