Monday 17th August 2026

लगातार वर्षाका कारण देशभरका नौ सडक खण्ड अवरुद्ध


निरन्तर वर्षाका कारण देशका विभिन्न भागमा पहिरो, सडक भासिने तथा नदी कटानको समस्या बढ्दै गएको छ। यसका कारण देशभरका कम्तीमा नौ वटा प्रमुख सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–काटुँजेबेँसी–सिन्धुली खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोकिएको जनाएको छ। त्यस्तै, मकवानपुरस्थित कान्ति लोकपथ पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको छ।

अविरल वर्षाका कारण मेची राजमार्ग, अर्निको राजमार्ग, पासाङ ल्हामु राजमार्ग, भेरी करिडोर, कोशी राजमार्ग, बेँसीसहर–मनाङ सडक तथा बेनी–जोमसोम सडक लगायतका मार्गमा पहिरो खस्दा वा सडक क्षति हुँदा यातायात सेवा प्रभावित भएको छ।

प्रहरीले यात्रु तथा सवारी चालकलाई यात्रा अघि सडक अवस्थाबारे जानकारी लिन र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पहाडी तथा हिमाली जिल्लाहरूमा अझै वर्षा जारी रहेकाले थप पहिरो र सडक अवरोधको जोखिम रहेको बताइएको छ।

तस्बिर साभारः रासस


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

भारतको बिहार राज्यस्थित लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा विद्युत् पोल खस्दा उत्पन्न भागदौडजस्तै घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ…

निरन्तर वर्षाका कारण देशका विभिन्न भागमा पहिरो, सडक भासिने तथा नदी कटानको समस्या बढ्दै गएको छ। यसका कारण देशभरका कम्तीमा…

प्रतिकृयाहरू
...