Sunday 16th August 2026

रुस–अमेरिका तनाव चर्कियो


युक्रेनलाई ठूलो परिमाणमा अमेरिकी हतियार उपलब्ध गराउने सम्भावित योजनाले रुस, अमेरिका र टर्कीबीचको तनाव फेरि बढाएको छ। अमेरिकी विदेश मन्त्रालयले टर्कीमा रहेका अमेरिकी निर्मित हतियार युक्रेनलाई पुनःहस्तान्तरण गर्न स्वीकृति दिएको विवरण सार्वजनिक भएपछि मस्कोले वासिङ्टन र अंकारासँग स्पष्टीकरण मागेको हो।

प्रस्तावित हस्तान्तरणमा ७० वटा M39 ATACMS मिसाइल, १२ वटा M270 MLRS प्रणाली, २,५२४ वटा M26 क्लस्टर वारहेडयुक्त रकेट तथा ४७ हजार क्लस्टर आर्टिलरी गोला समावेश रहेको विवरण सार्वजनिक भएको छ। यीमध्ये कतिपय हतियार लामो समयदेखि टर्कीका भण्डारमा रहेका अमेरिकी निर्मित पुराना हतियार हुन्।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले यस्तो हस्तान्तरण भएमा त्यसले रुस–अमेरिका र रुस–टर्की सम्बन्धमा गम्भीर क्षति पुर्‍याउने चेतावनी दिएकी छन्। मस्कोले हतियार आपूर्तिले आपसी विश्वास कमजोर बनाउने दाबी गर्दै यस विषयमा वासिङ्टन र अंकाराबाट स्पष्ट जवाफ मागेको छ।

यस घटनाको सबैभन्दा संवेदनशील पक्ष टर्की हो। टर्की एकातिर रुस र युक्रेनबीच वार्ताका लागि मध्यस्थताको भूमिका खेल्दै आएको छ भने अर्कोतिर युक्रेनलाई सैन्य सहयोगसम्बन्धी कदममा पनि संलग्न देखिन्छ। त्यसैले यी हतियार युक्रेन पुगेमा रुस–टर्की सम्बन्धमा समेत नयाँ तनाव उत्पन्न हुन सक्ने सम्भावना छ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको संस्थापनइतर समुहको राष्ट्रिय सम्मेलनले १५औँ महाधिवेशन पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्व र सभापतित्वमा सम्पन्न गर्ने निर्णय गरेको छ।…

इरानले अमेरिका–इरान युद्धको सुरुआती चरणमा खसालिएका दुई लडाकु विमानका तीन पाइलटलाई कतारले नियन्त्रणमा राखेको दाबी गर्दै उनीहरूको रिहाइको माग गरेको…

इन्डोनेसियाको पूर्वी नुसा तेन्गारा प्रान्तस्थित फ्लोरेस टापुमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि मर्नेको संख्या ५१ पुगेको छ भने हजारौं विस्थापित…

प्रतिकृयाहरू
...