नेपाली कांग्रेसको संस्थापनइतर समुहको राष्ट्रिय सम्मेलनले १५औँ महाधिवेशन पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्व र सभापतित्वमा सम्पन्न गर्ने निर्णय गरेको छ। सम्मेलनले महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा सञ्चालन गरिने जनाएको छ।
सम्मेलनले वीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिलाई स्मरण गर्दै राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि लोकतान्त्रिक शक्तिहरूसँग संवाद र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
त्यसैगरी, सनातन धर्म, संस्कृति, धार्मिक सहिष्णुता र सामाजिक सद्भावको संरक्षण गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने उल्लेख गरिएको छ।
वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधनका लागि सम्बन्धित पक्षहरूसँग संवाद गरी समाधान खोजिने निर्णय पनि गरिएको छ।
सम्मेलनले प्रस्तुत प्रस्तावहरूलाई परिमार्जनसहित अन्तिम रूप दिन एन.पी. साउदको संयोजकत्वमा समिति गठन गरेको छ।
![]()