आज नेपालसहित विश्वभर ३२ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपालमा पनि आदिवासी जनजाति समुदायहरूले सांस्कृतिक झाँकी, र्याली तथा सभाको आयोजना गरी दिवस मनाएका छन्।
यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विविध सांस्कृतिक पहिचान, भाषा र परम्पराको संरक्षणले राष्ट्रिय एकता थप सुदृढ हुने बताएका छन्। उहाँले विविधतामा एकता नेपालको प्रमुख विशेषता रहेको उल्लेख गरेका छन्।
३२ औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालका ऐतिहासिक परिवर्तनका आन्दोलनहरूमा आदिवासी जनजातिको योगदान र बलिदान महत्वपूर्ण रहेको बताएका छन्।
विश्व आदिवासी दिवसले आदिवासी समुदायका अधिकार, संस्कृति, भाषा तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा जोड दिँदै आएको छ। नेपालमा पनि विभिन्न कार्यक्रममार्फत आदिवासी जनजातिको योगदान र हकअधिकारबारे जनचेतना फैलाउने प्रयास गरिएको छ।