Monday 22nd December 2025

मुगुमा श्रीमतीले सम्बन्ध विच्छेद मुद्दा हालेपछि श्रीमानद्वारा अात्महत्या


तितोपाटी – मुगु जिल्लामा मदिरा सेवन गरी श्रीमतीलार्इ कुटपिट गर्ने श्रीमानका विरूद्ध जिल्ला अदालतमा श्रीमतीले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएपछि श्रीमानले अात्महत्या गरेका छन्। छाँयानाथ रारा नगरपालिका–२ चैना गाँउ बस्ने ३० वर्षीय जालन्दर भन्ने महेन्द्र चौलागाईले आइतवार अारुकाे  बाेटमा पासाे लगाइ अात्महत्या गरेका हुन्।

आइतवार श्रीमानसँग झगडा गरे पछि श्रीमतीले सम्बन्ध बिच्छेद गर्न भनि जिल्ला अदालतमा निबेदन दर्ता गरेकी थिइन्। श्रीमतीले सम्बन्ध विच्छेदको निवेदन दर्ता गराए पछि ति युवकले आइतवार राती आफ्नाे घर अगाडी रहेकाे आरुको बोटमा पाँसो लगाई आत्महत्या गरेका हुन्।

आफुलाई मदिरा सेवन गरी दिनहुँ कुटपिट गर्ने र  कान्छि पत्नि ल्याएर अन्यत्र राखेको भन्दै पतिसँग सम्बन्ध बिच्छेद गर्न उनकी श्रीमतीले जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गर्न निवेदन दर्ता गराएकी थिइन्। मृतकको शव जिल्ला अस्पतालमा  पोष्टमार्टम पश्चात परिवारलाई बुझाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राजेन्द्र बाबु रेग्मिले बताए। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ।


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...