Saturday 24th October 2026

कुवेतमा अबदेखि निजी स्वास्थ्य सेवामा पनि १० केडी माथीको कारोबारमा नगद भुक्तानी लिन नपाइने


कुवेतको उद्योग तथा वाणिज्य मन्त्रालयले निजी स्वास्थ्य सेवा संस्थाहरूमा १० कुवेती दिनारभन्दा बढी नगद कारोबार गर्न प्रतिबन्ध लगाएको छ। यो निर्णय सोमबारदेखि लागू भएको छ।

नयाँ नियमअनुसार, स्वास्थ्य मन्त्रालयबाट इजाजतप्राप्त निजी अस्पताल, मेडिकल सेन्टर, क्लिनिक, होम हेल्थकेयर सेवा प्रदायक तथा अन्य स्वास्थ्य संस्थाहरूले १० केडी भन्दा बढीको भुक्तानी केवल बैंकिङ वा कुवेतको केन्द्रीय बैंकले स्वीकृत गरेको विद्युतीय भुक्तानी प्रणालीमार्फत मात्र लिनुपर्नेछ।

मन्त्रालयले नियम उल्लंघन गर्ने संस्थामाथि संस्था बन्द गर्ने तथा कानुनी कारबाहीका लागि सम्बन्धित अनुसन्धान निकायमा पठाउने चेतावनी दिएको छ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...