Thursday 3rd September 2026

कुवेतमा सुरक्षा क्यामेरा अनिवार्य


कुवेतको गृह मन्त्रालयले देशभरका सम्पत्ति मालिकहरूलाई सुरक्षा क्यामेरा (CCTV) जडान गर्न र त्यसको रेकर्डिङ कुनै परिवर्तन नगरी कम्तीमा १२० दिनसम्म सुरक्षित राख्न निर्देशन दिएको छ।

मंगलबार जारी गरिएको नयाँ कानुनअनुसार निम्न स्थानहरूमा सुरक्षा क्यामेरा अनिवार्य गरिएको छ:

  • होटल तथा होटल अपार्टमेन्ट
  • मल तथा व्यावसायिक कम्प्लेक्स
  • सहकारी संस्था
  • आवासीय कम्प्लेक्स
  • बैंक तथा वित्तीय संस्था
  • युवा केन्द्र
  • खेलकुद तथा सांस्कृतिक क्लब
  • पेट्रोल पम्प
  • मस्जिद तथा धार्मिक स्थल
  • औद्योगिक क्षेत्र
  • डकिङ क्षेत्र (जहाज तथा बन्दरगाह क्षेत्र)
  • शूटिङ रेन्ज
  • गोदाम तथा भण्डारण स्थल
  • बहुमूल्य तथा जोखिमयुक्त सामग्री राख्ने स्थानहरू

गृह मन्त्रालयले सुरक्षा क्यामेराहरू नियमित रूपमा मर्मत गर्नुपर्ने र आवश्यकताअनुसार प्रविधि अद्यावधिक गर्नुपर्ने जनाएको छ।

मन्त्रालयका अनुसार CCTV सम्बन्धी जानकारी वा सोधपुछका लागि WhatsApp नम्बर 25580888 उपलब्ध गराइएको छ।

नयाँ व्यवस्थाले कुवेतमा सार्वजनिक सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान प्रक्रियालाई अझ प्रभावकारी बनाउने उद्देश्य राखेको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

प्रतिकृयाहरू
...