Thursday 2nd July 2026

किभमा रूसको भीषण मिसाइल तथा ड्रोन आक्रमण, ८ जनाको मृत्यु


रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३६ भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमा बालबालिकासमेत छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ले रूसले “विशाल आक्रमण” गर्ने तयारी गरिरहेको सूचनापछि आफ्नो डब्लिन भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए। आक्रमणअघि हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो, र धेरै बासिन्दाहरू बालबालिका तथा घरपालुवा जनावरसहित मेट्रो स्टेशनहरूमा आश्रय लिन पुगेका थिए।
आक्रमणका कारण किभ तथा वरपरका क्षेत्रमा आगलागी भएको, आवासीय भवनहरू, विद्यार्थी छात्रावास, सवारीसाधन र अन्य संरचनाहरू क्षतिग्रस्त भएको बताइएको छ। आपतकालीन उद्धार टोलीहरू आगो निभाउने र उद्धार कार्यमा जुटेका छन्।
जेलेन्स्कीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन लामो समयदेखि यस्तो ठूलो आक्रमणको तयारीमा रहेको दाबी गर्दै युक्रेनी नागरिकहरूलाई सतर्क रहन र हवाई चेतावनीको पालना गर्न आग्रह गरेका छन्।
यसैबीच, युक्रेनले पनि हालका हप्ताहरूमा रूसभित्रका ऊर्जा तथा सैन्य पूर्वाधारहरूमा लामो दूरीका ड्रोन आक्रमणहरू बढाएको छ। अमेरिका लगायतका देशहरूले युद्ध अन्त्यका लागि पहल गरिरहेका भए पनि हालसम्म शान्ति वार्ता सफल हुन सकेको छैन।


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा तैनाथ इजरायली सैनिकहरूको भ्रमणका क्रममा इजरायल र लेबनानले एकअर्कालाई सार्वभौम राष्ट्रका रूपमा स्वीकार गरेको…

जर्मनीको उत्तरी शहर स्टाडेमा रहेको हेरचाह केन्द्रमा सोमबार भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका…

भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पले देशलाई गम्भीर संकटमा पारेको छ। पहिले नै आर्थिक संकट, सरकारी कमजोरी र प्रतिबन्धका कारण कमजोर…

प्रतिकृयाहरू
...