Friday 26th June 2026

तनहुँ सेवा समाज कुवेतको चौथो अधिवेशन तथा २१३ औँ भानु जयन्ति समारोह आगामी १० जुलाईमा हुने


तनहुँ सेवा समाज कुवेतको चौथो अधिवेशन आगामी १० जुलाईमा कुवेतको मंगाफस्थित मेमोरिज हलमा हुने भएको छ। समाजका अध्यक्ष सोम खत्रीको सभाध्यक्षतामा फरवानिया स्थित डाम्पा चौतारी रेस्टुरेन्टको सभाकक्षमा बसेको समाजको बैठकले चौथो अधिवेशन सम्पन्न गर्ने निर्णय गर्दै उक्त अवसरमा २१३ औँ भानु जयन्ति पनि मनाउने निर्णय गरेको कुरा समाजका वरिष्ठ सल्लाहकार राजेन्द्र रसाइली ‘बिरही’ले मिडियासँगको कुराकानीमा बताए ।
समाजले कुवेतस्थित नेपाली दूतावास, कुवेतमा क्रियाशील विभिन्न संघ–संस्था तथा सामाजिक बुद्धिजीवी व्यक्तित्वहरूलाई आधिकारिक रूपमा निमन्त्रणा गर्ने जनाएको छ। साथै, अधिवेशन कार्यक्रम सफल बनाउन सबै पक्षबाट आवश्यक साथ र सहयोगको अपेक्षा गर्दै उक्त दिन अन्य कुनै पनि संघ–संस्थाले कार्यक्रम नजुधाइदिनु हुन विशेष अनुरोध गरेको छ।
“हाम्रो तनहुँ – राम्रो तनहुँ” भन्ने मूल नाराका साथ सन् २००९ मा स्थापना भएको यस समाजले कुवेतमा क्रियाशील अन्य संघ–संस्थासँग हातेमालो गर्दै सहकार्य गरिरहेको छ। वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका तनहुँका दाजुभाइ तथा दिदीबहिनीहरूलाई समन्वय, सहजीकरण र सहयोग प्रदान गर्दै आएको छ। साथै, गृह जिल्ला तनहुँमा समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्नुका साथै सामाजिक सेवा, खेलकुद र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

अधिवेशन कार्यक्रम विवरण:
कार्यक्रम: तनहुँ सेवा समाज कुवेतको चौथो अधिवेशन तथा २१३ औँ भानु जयन्ति समारोह
स्थान: मेमोरी हल, मंगाफ ब्लक–४, कुवेत
मिति: सन् २०२६ जुलाई १० (शुक्रबार)
समय: दिनको ११ बजेदेखि


सम्बन्धित शीर्षकहरु

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

प्रतिकृयाहरू
...