Wednesday 21st October 2026

यूएईको आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने घोषणा


विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने घोषणा गरेको छ । साउदी अरबको नेतृत्वमा रहेको यो तेल संगठनका लागि वर्तमान मध्यपूर्वको तनाव बीच तेल कार्टेलमाथि दबाब बढ्दै जाँदा युएईले ओपेक छोड्नुलाइ दशकौँपछिको सबैभन्दा ठूलो संकट मानिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । यो समूह पहिले नै होर्मुज जलडमरू हुँदै खाडी क्षेत्रबाट तेल निर्यात गर्ने चुनौतीसँग जुधिरहेको छ।

यूएईको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो निर्णय हाम्रो देशको दीर्घकालीन रणनीतिक र आर्थिक सोच अनुरूप लिइएको हो । हामी अब आफ्नो आन्तरिक ऊर्जा क्षमता अभिवृद्धि र उत्पादनमा व्यापक लगानी गर्न चाहन्छौँ । हामी विश्व बजारमा एक जिम्मेवार र भरपर्दो ऊर्जा साझेदारको रूपमा रहिरहनेछौँ ।”

यूएईले संगठनबाट बाहिरिए पनि बजारको मागअनुसार विस्तारै तेल उत्पादन बढाउने र गैरजिम्मेवार कदम नचाल्ने स्पष्ट पारेको छ ।

सन् २०२६ को तथ्यांकअनुसार यूएई, साउदी अरब र इराकपछि ओपेकको तेस्रो ठूलो उत्पादक हो । यसले दैनिक करिब ३० लाख ब्यारेल तेल उत्पादन गर्छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...