Tuesday 18th August 2026

यूएईको आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने घोषणा


विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने घोषणा गरेको छ । साउदी अरबको नेतृत्वमा रहेको यो तेल संगठनका लागि वर्तमान मध्यपूर्वको तनाव बीच तेल कार्टेलमाथि दबाब बढ्दै जाँदा युएईले ओपेक छोड्नुलाइ दशकौँपछिको सबैभन्दा ठूलो संकट मानिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । यो समूह पहिले नै होर्मुज जलडमरू हुँदै खाडी क्षेत्रबाट तेल निर्यात गर्ने चुनौतीसँग जुधिरहेको छ।

यूएईको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो निर्णय हाम्रो देशको दीर्घकालीन रणनीतिक र आर्थिक सोच अनुरूप लिइएको हो । हामी अब आफ्नो आन्तरिक ऊर्जा क्षमता अभिवृद्धि र उत्पादनमा व्यापक लगानी गर्न चाहन्छौँ । हामी विश्व बजारमा एक जिम्मेवार र भरपर्दो ऊर्जा साझेदारको रूपमा रहिरहनेछौँ ।”

यूएईले संगठनबाट बाहिरिए पनि बजारको मागअनुसार विस्तारै तेल उत्पादन बढाउने र गैरजिम्मेवार कदम नचाल्ने स्पष्ट पारेको छ ।

सन् २०२६ को तथ्यांकअनुसार यूएई, साउदी अरब र इराकपछि ओपेकको तेस्रो ठूलो उत्पादक हो । यसले दैनिक करिब ३० लाख ब्यारेल तेल उत्पादन गर्छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई रावलपिण्डीको अदियाला जेलबाट इस्लामाबादस्थित शिफा इन्टरनेशनल अस्पतालमा दुई…

रूसले युक्रेनले हालै रूसभित्र गरेको आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतमाथि युक्रेन युद्धलाई थप चर्काउने प्रयास गरेको…

सर्वोच्च अदालतले समाचार प्रकाशित गरेकै आधारमा पत्रिकाका सम्पादक वा प्रकाशकलाई गिरफ्तार गरी थुनामा राख्न नमिल्ने स्पष्ट गरेको छ। पत्रकार किशोर…

प्रतिकृयाहरू
...