Wednesday 21st October 2026

चलचित्र लालीबजारको प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट


तितोपाटी- बैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र  ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको छ। बादी समुदायको तर्फबाट रोशनी नेपाली बादीले सोमबार रिट दर्ता गरेकी हुन्। पाटन अदालतका रजिष्ट्रार अशोक क्षेत्रीले रिट आएको पुष्टी गरे।

चलचित्र  ‘लालीबजार’ ले बादी समुदायलाई गलत तरिकाले प्रस्तुत गरेको उनको आरोप छ। त्यसैले प्रदर्शन रोक्न माग गर्दै आफू अदालत गएको रोशनीले बताइन्। फिल्मको कथावस्तु, प्रस्तुतिमा हाम्रो गम्भीर आपत्ति छ। त्यसैले  चलचित्र को प्रदर्शन रोक्न माग गरेका छौं। अब हामी कानुनी प्रक्रिया अनुसार अगाडि बढ्छौं,’ उनले भनिन्। षट्कोण आर्ट्सको प्रस्तुति रहेको ‘लालीबजार’  चलचित्रले  बादी समुदायका महिलाको संघर्षको कथालाई प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...