Thursday 7th August 2025

मलेसियाका पुर्वप्रधानमन्त्री नाजिब रजाक पक्राउ


तितोपाटी – मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाक बुधवार पक्राउ परेका छन्। राज्य लगानी कोषको रकम अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले बताएका छन्।

नाजिब र उहाँका सहकर्मीहरुले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो। गत मे महिनामा भएको निर्वाचनमा पनि नाजिबले राज्यको शक्ति र श्रोतको दुरुपयोग गरेको आरोप लगाउदै महाथिर मोहम्मद नेतृत्वको गठबन्धनले जित हासिल गरेको थियो। उनको गठबन्धनले नै अहिले सरकार बनाएको छ।

विगतमा रजाककै संरक्षक रहनु भएका ९३ वर्षीय महाथिरले नाजिबले मुलुकलाई सही दिशातिर लैजान नसकेको भन्दै आफू फेरि राजनीतिमा फर्किनु परेको चुनावी नारा बनाएका थिए। नयाँ सरकार बनेको केही समयमै पूर्व प्रधानमन्त्री नाजिबलाई अनियमितता सम्बन्धी सात वटा आरोप लगाइएको थियो तर पक्राउ भने हिँजो बुधबार गरिएको हो। पक्राउ परेका नाजिबलाई उनका विरुद्धमा लगाइएका आरोपहरुका बारेमा मुद्दा चलाउन लागिएको भ्रष्टाचार विरुद्धको आयोगले जनाएको छ। रासस


सम्बन्धित शीर्षकहरु

उत्तरी भारतको उत्तराखण्ड राज्यको पहाडी गाउँमा मंगलबार बाढीको पानीको बाढीले कम्तिमा चार जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता…

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

प्रतिकृयाहरू
...