Wednesday 29th April 2026

जनताको सन्देश स्पष्ट छ: सुशासन चाहियो, पुरानो राजनीति होइन


-ईश्वर भण्डारी
नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता र वास्तविक परिवर्तन चाहेको देखिएको छ। यसपटकको निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनताको विश्वास र अपेक्षा झन् प्रष्ट बनाएको छ।

करिब ५० लाख जनताले दिएको मतले संकेत गरेको छ कि अब जनताको मुठभेड मात्रै होइन, उनीहरूको जीवनस्तर सुधार्न सक्ने नेतृत्व चाहिएको छ। यसै सन्दर्भमा, पार्टीका सभापति र सम्भावित प्रधानमन्त्री उम्मेदवार बालेनको सहकार्यले अब मात्र नेता होइन, देशको मुहार परिवर्तन गर्ने अवसर पनि सिर्जना गरेको छ।

विज्ञ सांसदहरूको परीक्षण

रास्वपाबाट संसदमा चयन भएका विज्ञ, सक्षम र विविध क्षेत्रका प्रतिनिधिहरू अब देश निर्माणको वास्तविक परीक्षणमा छन्। जनताले दिएको विश्वासलाई केवल सिद्धान्त र भाषणका माध्यमले होइन, इमानदार काम र नीतिप्रवर्तनद्वारा प्रमाणित गर्नुपर्ने समय आएको छ।

वास्तविक परिवर्तन भनेको फरमुला वा भाषणले होइन, जनताको जीवनमा प्रत्यक्ष असर पर्ने निर्णय, नीति र कामद्वारा हुन्छ। विचार र सिद्धान्त केवल नेता बनाउँछन्, तर जनताको विश्वास र जीवनमा सुधार ल्याउन सक्रिय कार्यनीति र कार्यान्वयन आवश्यक हुन्छ।

जनताको अपेक्षा: असली नागरिकको कर्तव्य पूरा गर्नु

जनताले ठूलो नारा वा राजनीतिक भाषण होइन, घर, परिवार र समाजसँग जोडिएका, पारदर्शी र सशक्त नीति चाहेको छ। यसैले, रास्वपा नेतृत्वमा आएका सांसदहरूलाई अन्य दलका नेताहरू अझै पुरानै शैलीमा खुट्टा तान्ने, विवाद फैलाउने र व्यक्तिगत लाभ खोज्ने काममा व्यस्त देखिन्छन्। यस्तो दृष्टिकोणले मात्र राजनीतिक प्रतिस्पर्धा र असन्तोष बढ्छ, तर जनताको जीवनमा कुनै सुधार हुँदैन खुट्टा तानेर विरोध गर्नु होइन, साझेदारी र सहयोग गर्दै आफ्नो जिम्मेवारी पूरा गर्नु पर्ने छ। जनताको विश्वास, समर्थन र सहयोगलाई सदुपयोग गरेर मात्रै देश र जनताको मुहार परिवर्तन गर्न सकिन्छ।

साथै, चुनावले दिएको नयाँ जनादेश केवल पार्टीको जित होइन, जनताको अपेक्षालाई कार्यान्वयनमा ल्याउने अवसर हो। यस अवसरलाई सही रूपमा प्रयोग गरेमा देशको राजनीति र प्रशासनिक संरचनामा दीर्घकालीन सुधार सम्भव छ।

निष्कर्ष

अन्ततः, देश निर्माणमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको इमानदार नेतृत्व, सकारात्मक सोच, साझा सहकार्य र जनताको अपेक्षाप्रति उत्तरदायित्व हो। रास्वपा नेतृत्वले अहिले प्राप्त जनादेशको सम्मान गर्दै, जनताको जीवनस्तर सुधार्ने नीति र कार्यक्रम लागू गर्न सके मात्र सिद्धान्तभन्दा कामले देश बनाउने समय सफल हुनेछ।

यो मौका सिर्जनात्मक परिवर्तनको लागि उपयोग गर्नु हाम्रो साझा जिम्मेवारी हो। अब आवश्यक छ—धैर्यता, साझा प्रयास र इमानदार कार्यनीति।

नोटः पंतिकार रास्वपा प्रवास सम्पर्क विभाग, कुवेतका सभापनि हुन् ।


सम्बन्धित शीर्षकहरु

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति…

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

प्रतिकृयाहरू
...