Monday 24th November 2025

सवारी दुर्घटनामा परी कुवेतमा एक नेपाली महिलाको निधन


तितोपाटी डट कम – कुवेतमा सवारी दुर्घटनामा परि एक जना नेपाली महिलाको निधन भएको छ । कुवेतको ६ रिङरोडमा हिँजो राती भएको सवारी दुर्घटनामा अम्बिकाको ज्यान गएको अम्बिकाका मामा बिनोद बराइलीले तितोपाटी डट कमलार्इ जानकारी जानकारी दिएका हुन ।

दुर्घटनामा परि ज्यान गुमाउने मोरङ मधुमल्ला घर भएकी अम्बिका बि.क. हुन । सवारी दुर्घटनामा पर्दा घटनास्थलमै मृत्यु भएकी अम्बिका सहित अन्य ३ जना कुवेती नागरिकको पनि मृत्यु भएको बुझिएको छ ।

मृतकको शबलाई कुवेतको फर्वनिया अस्पतालमा राखीएको छ भने घटनाका बारेमा नेपाली राजदूतावासमा सम्पर्क गर्दा दूर्घटनामा परि ज्यान गुमाएकी बि.क.को बारेमा प्रारम्भिक जानकारी प्राप्त भए पनि विस्तृत विवरण अाउन बाँकी रहेको नेपाली राजदूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङदेनले तितोपाटी डट कम लार्इ बताए ।

करिब ६-७ महिना अघि मात्रै घरेलु कामदारको रूपमा कुवेत अाएकी ३७ वर्षीया अम्बिकाका नेपालमा श्रीमान, दर्इ छोरी र १ छोरा रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

दर्जनौं कोठा, ७ किलोमिटर गहिरो: गाजाको विशाल सुरुङ भित्र जहाँ हदर गोल्डिनलाई राखिएको थियो लेफ्टिनेन्ट हदर गोल्डिनलाई गाजामा ४,११८ दिन…

दक्षिणी कमाण्ड अन्तर्गत IDF सेनाले गाजा पट्टीमा भेटिएको सबैभन्दा व्यापक र जटिल भूमिगत सुरुङ मार्गहरू मध्ये एक पत्ता लगायो। यो…

प्रतिकृयाहरू
...