Tuesday 14th July 2026

सवारी दुर्घटनामा परी कुवेतमा एक नेपाली महिलाको निधन


तितोपाटी डट कम – कुवेतमा सवारी दुर्घटनामा परि एक जना नेपाली महिलाको निधन भएको छ । कुवेतको ६ रिङरोडमा हिँजो राती भएको सवारी दुर्घटनामा अम्बिकाको ज्यान गएको अम्बिकाका मामा बिनोद बराइलीले तितोपाटी डट कमलार्इ जानकारी जानकारी दिएका हुन ।

दुर्घटनामा परि ज्यान गुमाउने मोरङ मधुमल्ला घर भएकी अम्बिका बि.क. हुन । सवारी दुर्घटनामा पर्दा घटनास्थलमै मृत्यु भएकी अम्बिका सहित अन्य ३ जना कुवेती नागरिकको पनि मृत्यु भएको बुझिएको छ ।

मृतकको शबलाई कुवेतको फर्वनिया अस्पतालमा राखीएको छ भने घटनाका बारेमा नेपाली राजदूतावासमा सम्पर्क गर्दा दूर्घटनामा परि ज्यान गुमाएकी बि.क.को बारेमा प्रारम्भिक जानकारी प्राप्त भए पनि विस्तृत विवरण अाउन बाँकी रहेको नेपाली राजदूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङदेनले तितोपाटी डट कम लार्इ बताए ।

करिब ६-७ महिना अघि मात्रै घरेलु कामदारको रूपमा कुवेत अाएकी ३७ वर्षीया अम्बिकाका नेपालमा श्रीमान, दर्इ छोरी र १ छोरा रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकामा बस्दै आएका इरानी मूलका एक इन्जिनियरलाई अमेरिकी सरकारले नियन्त्रणमा राखेका प्रविधि इरानमा निर्यात गरेको अभियोगमा दोषी ठहर गरिएको छ।…

बैंगन (भण्टा) एक पौष्टिक र स्वास्थ्यका लागि लाभदायक तरकारी हो। यसमा फाइबर, भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले…

हामी सबैको करेसाबारीमा सजिलै फलाउन सकिने र सबैको भान्सामा चल्ने भिण्डी (Okra/Lady Finger) एक पौष्टिक तरकारी हो । यसमा फाइबर,…

प्रतिकृयाहरू
...