Wednesday 2nd April 2025

नेपाल अायल निगमद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्धि, एल.पि. ग्यासको मुल्य भने यथावत नै


तितोपाटी – आयल निगमले इन्धनको मूल्य पुन: बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले भाउ बढाएको हो ।

‘भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढेको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्यसूची शनिबार राति १२ बजेदेखि लागू हुनेछ।’

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १३ रुपैयाँ, डिजेल र मट्टितेलप्रतिलिटर ९५ रुपैयाँ पुगेको छ। मूल्य समायोजनपश्चात् पेट्रोलमा १ रुपैयाँ ५९ पैसा र डिजेलमा ३ रुपैयाँ ४९ पैसा घाटा रहेको जनाइएको छ।

यस्तै निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ। आन्तरिक हवाई इन्धनको मूल्यमा ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति हजार लिटरमा ७५ डलर बढेको निगमले जनाएको छ।

खाना पकाउने एलपी ग्यास मूल्य भने यथावत् रहेको निगमले जनाएको छ। एलपीजी ग्यासको खरिद मूल्य बढेको निगमले जनाएको छ। निगमलाई खाना पकाउने प्रति सिलिण्डर ग्यासमा एक सय ३९ रुपैयाँ ३९ पैसा घाटा छ।

निगमले इन्धनको मूल्य बढाउँदा पनि १५ दिनमा १८ करोड ६२ लाख घाटा हुने जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्ला दिनहरुमा तेलको मूल्य बढिरहेको बेला नेपालमा भारतभन्दा सस्तो छ। भारतभन्दा नेपालमा प्रतिलिटर पेट्रोल २२ दशमलव ७२ रुपैयाँ र डिजेलमा प्रति लिटर २४ दशमलव ८५ रुपैयाँले सस्तो रहेको प्रवक्ता गोइतले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

ज्याक्सन ओस्वाल्ट तपाईंको औसत १२ वर्षको केटा थिएनन्। जबकि उनको उमेरका धेरैजसो केटाकेटीहरू भिडियो गेम खेलिरहेका थिए वा बाइक चलाइरहेका…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार भने कि मन्त्रीहरूले हमासमाथि सैन्य दबाब बढाउन रातारात मतदान गरे, गाजा पट्टीमा राखिएका बन्धकहरूलाई मुक्त गर्न…

म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ भने भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४४ पुगेको त्यहाँको सैनिक सरकारले जनाएको…

प्रतिकृयाहरू
...