Tuesday 5th May 2026

तपस्वी राम बहादुर बमजनलार्इ लाग्यो अानीलार्इ बलात्कार गरेको अारोप


तितोपाटी – बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि बलात्कारको आरोप लागेको छ । महिला अधिकारकर्मीहरुको सहयोगमा शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी एक १८ वर्षीया एक युवतीले आफूलाई ‘धर्मगुरु’ बम्जनले पटक-पटक बलात्कार गरेको बताएकी हुन् ।

बम्जनले बलात्कार गरेको भनिएकी महिला आनी हुन् । उनी ‘धर्मगुरु’ बम्जनको सिन्धुलीस्थित गुम्बामा आनी बन्न गएकी थिइन् ।

पहिलो पटक दुई वर्ष बम्जनकी श्रीमती काठमाडौं आएको बेला आफूलाई बलात्कार गरेको उनको दाबी छ ।

त्यसयता पटक पटक बलात्कार गरेको पीडित युवतीले बताइन् । आफूले प्रहरीलाई उजुरी गर्छु भन्दा बम्जनकी श्रीमतीले धम्काएका कारण विषय बाहिर ल्याउन नसकेको उनले बताइन् । पछिल्लो समय बलात्कारका विषयमा लुकाउनु हुँदैन भन्ने आवाज उठेपछि आफू महिलाअधिकारकर्मीमार्फत न्याय खोज्न काठमाडौं आएको बताइन् ।

‘ममाथि पटक-पटक गुरुले बलात्कार गर्नु भयो । यो विषयमा मैले उजुरी गर्न पनि खोजेकी हुँ’ उनले भनिन्, ‘गुरुको श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्काउनुभयो र मैले उजुरी हाल्न सकिन ।’

बलात्कार भएपछि आफूले कुरा उठाउँदा गुरुले चोरको आरोप लगाएको समेत उनले बताइन् ।

पत्रकार सम्मेलन भएकै स्थलमा बम्जन पक्षधरका केही व्यक्तिहरु समेत प्रवेश गरेर आनीलाई रकम चोरेको अभियोगमा कारबाही गरेको बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

प्रतिकृयाहरू
...