Thursday 5th March 2026

सरकारले ल्याएको सवारी एेन विरूद्ध चालकहरू अान्दोलनमा


तितोपाटी – सरकारले ल्याएको सवारी ऐन चालकमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले सुरु गरेको आन्दोलनका कारण बारा, पर्सालगायतका जिल्लामा यातायात ठप्प भएको छ। चालकलाई अपराधी सरह व्यवहार गरिएको ऐन संशोधनको माग राख्दै समितिले देशभरका चालकलाई यातायात नचलाउन आग्रह गर्दै मंगलबारदेखि आन्दोलनको घोषणा गरेको थियो।

चालकले सवारी साधन नचलाएर आन्दोलनमा उत्रिएपछि राजमार्ग सुनशान देखिएको छ। राजमार्गमा एम्बुलेन्स, प्रेस र मोटरसाइकलबाहेक अन्य सवारी साधन चलेका छैनन्। सरकारलाई दबाब दिनका लागि आफ्नो सवारी साधन घरमै राखेर आन्दोलन गरिएको र चालकलाई अपराधी बनाउने ऐन सच्याउन आफूले माग राखेको समितिका केन्द्रीय संयोजक बसन्त शर्माले जानकारी दिए।

‘हामीले बन्द गरौं भनेर कसैलाई दबाब दिएका छैनौं, सबै चालकको पीडा उस्तै हो। त्यसैले सबैले घरमै गाडी राखेर लागू ऐन संशोधनको माग राखेका छौं, शर्माले भने, ‘नियतबस कसैले दुर्घटना गराउन चाहदैन।तर दुर्घटना भएर कसैको मृत्यु भइहाले चालकले जन्मकैद सजाय भोग्नुपर्ने कस्तो कानुन हो ?’

वर्तमान ऐनले सबै किसिमका सवारी साधनका चालकलाई जन्मकैदसम्मको फैसला हुने व्यवस्था गरेको शर्माको भनाइ छ। शर्माले तत्काल ऐन संशोधन नभए देशभरका सबै किसिमका सवारी साधनका चालक आन्दोलनमा उत्रने बताए ।

समितिका सहसंयोजक अर्जुन अधिकारीले कानुन संसोधन नभए चालक अनुमतीपत्र सरकारलाई बुझाएर पेशा परिवर्तन गर्नुपर्ने अवस्था रहेको बताएका छन्। आन्दोलनका क्रममा गाडी चलाउनेलाई कुनै अवरोध नगरिने भन्दै अधिकारीले आफूहरुको आन्दोलन आफ्नै लागि भएकाले सोचेर अघि बढ्न आग्रह गरे।

आन्दोलनका नाममा सडकमा उत्रने तथा जबरजस्ती सवारी बन्द गर्न लगाउने आफूहरुको कार्यक्रम नरहेको पनि अधिकारीले स्पष्ट पारेका छन्। सवारी थन्क्याएर सिमरामा भेला भएका सवारी चालकले सरकारले कानुन संशोधनको माग पुरा नगरेसम्म आफूहरु गाडीको स्टेरिङमा नबस्ने बताएका छन्।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...