Monday 6th May 2024

‘चीँ मुसी चीँ’ को “तिमीले माग्छाै भने” रिलिज


तितोपाटी – नेपाली चलचित्र ‘चीँ मुसी चीँ’ को पहिलो गीत रिलिज गरिएको छ। कलाकार र निर्माण टिमको उपस्थितिमा ‘तिमीले माग्छौ भने’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो। सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौलागाईंको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा चलचित्रका दुई लिड कलाकार सुनील क्षेत्री र अलिशा शर्मा फिचरिङ छन्। यी दुईको यो डेब्यु फिल्म हो। गीतको कोरियोग्राफर अभिनेता क्षेत्री स्वयं हुन्।

म्युजिकल थ्रीलर जनरमा निर्मित चलचित्रको निर्देशक दिनेश श्रेष्ठले गरेका हुन्। अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता शिवराज कार्की छन्। डीआईडी सिजन ४ को टप १० मा समेत पर्न सफल सुनिलले ‘चीँ मुसी चीँ’ को कथाले आफूलाई आकर्षित गरेको बताए। चर्चित नृत्यांगना अलिशा आफूले कल्पना गरेको जस्तै भूमिका निर्वाह गर्न पाएको बताइन्।

शिवराज कार्की, शेखर अधिकारी, सुशान्त कार्की, कमली वाइवालगायतका कलाकारको अभिनय रहेको फिल्ममा सुनील क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ। वासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन्।


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...