Tuesday 18th August 2026

८ कम्युनिष्ट पार्टीले एकता गर्ने सहमती, चुनाव चिन्ह तारा


तितोपाटी- नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट दलले एकता गर्ने सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गरेसँगै पार्टीको चुनाव चिन्ह तारा रहने  विज्ञप्तिमार्फत जनाएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार एकता राष्ट्रिय महाधिवेशन कात्तिक १९ गते गरिनेछ भने आगामी ६ मिहनाभित्र एकता राष्ट्रिय महाधिवशेनको आयोजना गरिनेछ । एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले शुक्रबार मात्रै माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो ।

पाटी एकता सम्बन्धी सहमती पत्र 


सम्बन्धित शीर्षकहरु

फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु…

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

प्रतिकृयाहरू
...