Friday 19th December 2025

पाकिस्तानका प्रधानमन्त्रीको मित्तव्यायी अभियानः हेलिकोप्टर, विलासी कार र भैंसी समेत लिलाम


तितोपाटी – प्रधानमन्त्री भएलगत्तै आर्थिक मितब्ययिताको अभियान थालेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यसअघि सरकारले खरिद गरेका सरकारी हेलिकप्टर, विलासी कार र केही भैंसीसम्म लिलाम सुरु गरेका छन्।

यसैक्रममा सोमबार सरकारका ७० वटा विलासी कार लिलाम गराएका छन्। राष्ट्रिय सम्पत्तिको उच्च सदुपयोग गर्ने नीतिअनुरुप खानले विभिन्न मन्त्रालयलगायत सरकारी कार्यालयमा रहेका १०२ वटा विलासी कार लिलाम विक्री गर्ने घोषणा गरेका थिए। सोमबार ती कारहरु बजार मूल्य भन्दा महंगोमै विक्री भएको जनाइएको छ।

राज्यकोष खर्च गरी पूर्व प्रधानमन्त्री नवाज सरिफले व्यक्तिगत प्रयोजनका लागि खरिद गरेका ८ वटा भैंसीसमेत लिलाम गराउने निर्णय गरेको इमरानका वरिष्ठ सहयोगीले जनाएका छन्।

त्यस्तै मन्त्रिपरिषद सदस्यको प्रयोगका लागि राखिएका चार वटा अतिरिक्त हेलिकप्टर पनि लिलामी गर्ने तय भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार निलम उलहकले जानकारी गराइन्।

सोमबार लिलाम भएका सवारी साधनमा आठ मर्सिडिज, बेन्जलगायत बुलेटप्रप गाडीलगायतका विलासी सवारी छन्।प्रधानमन्त्री नियुक्त भएलगत्तै खानले सरकारी खर्च कटौतीलाई मुख्य प्राथमिकतामा राख्दै आएका छन्।

पाकिस्तानको ऋण तथा दायित्व पछिल्लो समय ३० ट्रिलियन पाकिस्तानी रुपैयाँ पु्गेको छ। जुन त्यहाको अर्थतन्त्रको ८७ प्रतिशत हो।


सम्बन्धित शीर्षकहरु

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

प्रतिकृयाहरू
...