Thursday 27th August 2026

पाकिस्तानका प्रधानमन्त्रीको मित्तव्यायी अभियानः हेलिकोप्टर, विलासी कार र भैंसी समेत लिलाम


तितोपाटी – प्रधानमन्त्री भएलगत्तै आर्थिक मितब्ययिताको अभियान थालेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यसअघि सरकारले खरिद गरेका सरकारी हेलिकप्टर, विलासी कार र केही भैंसीसम्म लिलाम सुरु गरेका छन्।

यसैक्रममा सोमबार सरकारका ७० वटा विलासी कार लिलाम गराएका छन्। राष्ट्रिय सम्पत्तिको उच्च सदुपयोग गर्ने नीतिअनुरुप खानले विभिन्न मन्त्रालयलगायत सरकारी कार्यालयमा रहेका १०२ वटा विलासी कार लिलाम विक्री गर्ने घोषणा गरेका थिए। सोमबार ती कारहरु बजार मूल्य भन्दा महंगोमै विक्री भएको जनाइएको छ।

राज्यकोष खर्च गरी पूर्व प्रधानमन्त्री नवाज सरिफले व्यक्तिगत प्रयोजनका लागि खरिद गरेका ८ वटा भैंसीसमेत लिलाम गराउने निर्णय गरेको इमरानका वरिष्ठ सहयोगीले जनाएका छन्।

त्यस्तै मन्त्रिपरिषद सदस्यको प्रयोगका लागि राखिएका चार वटा अतिरिक्त हेलिकप्टर पनि लिलामी गर्ने तय भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार निलम उलहकले जानकारी गराइन्।

सोमबार लिलाम भएका सवारी साधनमा आठ मर्सिडिज, बेन्जलगायत बुलेटप्रप गाडीलगायतका विलासी सवारी छन्।प्रधानमन्त्री नियुक्त भएलगत्तै खानले सरकारी खर्च कटौतीलाई मुख्य प्राथमिकतामा राख्दै आएका छन्।

पाकिस्तानको ऋण तथा दायित्व पछिल्लो समय ३० ट्रिलियन पाकिस्तानी रुपैयाँ पु्गेको छ। जुन त्यहाको अर्थतन्त्रको ८७ प्रतिशत हो।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...