Wednesday 8th October 2025

नाइजेरियामा बाढीका कारण १०० जना भन्दा बढीको मृत्यु


तितोपाटी – नाइजेरियाका दुई प्रमुख नदीमा बाढी आउँदा कम्तीमा सय जनाभन्दा बढी मानिसको ज्यान गएको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद्‌ व्यवस्थापन निकाय नेमाले ठूलो वर्षाका कारण नाइजर र बेन्यु नदीमा बाढी आएको जनाएको छ। ठूलो वर्षाले दुई हप्तासम्ममा एकपछि अर्को बाढी निम्त्याएको छ र ग्रामीण क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्।

नदीका पानी बग्ने क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न सरकारले आग्रह गरेको छ।  बाढीका बारण हजारौँ विस्थापित भएका छन् भने मध्य र दक्षिणी नाइजेरियामा बाढीले ठूलो खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ।

नेमा राज्य सबैभन्दा नराम्ररी प्रभावित भएको छ जहाँ ४० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।

क्वारा, बेन्यु, ताराबासहित अन्य ११ वटा राज्य प्रभावित भएका छन्। वर्षा भइरहेकाले आउँदा दिन र हप्ताहरूमा थप बाढी आउन सक्ने भन्दै अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गर्नेबारे विचार गरिरहेका छन्।

नाइजेरियामा वर्षैपिच्छे विनाशकारी बाढी आउने गर्छ।

उचित सहरी योजना नहुनु, पानीका बाटो थुनिनु र कजमोर ढल निकास बाढीका लागि जिम्मेवार रहेको विश्लेषकहरू बताउँछन्।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...