Thursday 27th August 2026

नाइजेरियामा बाढीका कारण १०० जना भन्दा बढीको मृत्यु


तितोपाटी – नाइजेरियाका दुई प्रमुख नदीमा बाढी आउँदा कम्तीमा सय जनाभन्दा बढी मानिसको ज्यान गएको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद्‌ व्यवस्थापन निकाय नेमाले ठूलो वर्षाका कारण नाइजर र बेन्यु नदीमा बाढी आएको जनाएको छ। ठूलो वर्षाले दुई हप्तासम्ममा एकपछि अर्को बाढी निम्त्याएको छ र ग्रामीण क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्।

नदीका पानी बग्ने क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न सरकारले आग्रह गरेको छ।  बाढीका बारण हजारौँ विस्थापित भएका छन् भने मध्य र दक्षिणी नाइजेरियामा बाढीले ठूलो खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ।

नेमा राज्य सबैभन्दा नराम्ररी प्रभावित भएको छ जहाँ ४० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।

क्वारा, बेन्यु, ताराबासहित अन्य ११ वटा राज्य प्रभावित भएका छन्। वर्षा भइरहेकाले आउँदा दिन र हप्ताहरूमा थप बाढी आउन सक्ने भन्दै अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गर्नेबारे विचार गरिरहेका छन्।

नाइजेरियामा वर्षैपिच्छे विनाशकारी बाढी आउने गर्छ।

उचित सहरी योजना नहुनु, पानीका बाटो थुनिनु र कजमोर ढल निकास बाढीका लागि जिम्मेवार रहेको विश्लेषकहरू बताउँछन्।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...