Wednesday 25th February 2026

पाल्पामा एक आपसमा मोटरसाइकल ठाेक्किदा एककाे मृत्यु, ३ घाइते


तितोपाटी – पाल्पा स्थित कालीगण्डकी करिडोर सडक खण्डमा मोटर साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन। घाइते तिनै जनाको रामपुर अस्पतालमा उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। तानसेन देखि रामपुर तर्फ जाँदै गरेको लु १३ प ८६३५ नम्बरको मोटरसाईकल र विपरीत दिशा तर्फबाट आउँदै गरेको लु ७७ प ४५०५ नम्बरको मोटरसाइकल ठक्कर खादा  बगनासकाली-९, चापपानीकाे २८ वर्षका अर्जुन विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना दुई मोटरसाईकलमा सवार ४ जना घाईते भएका थिए । भने घाइते मध्ये  विकलाई रामपुर अस्पतालमा उपचारका लागि पठाइए पनि चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ । मृतक लु १३ प ८६३५ नम्बरको मोटरसाईकल पछाडि सवार रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । अन्य  तीन जना घाइतेको उपचार भईरहेको छ ।
घाइतेहरूमा लु १३ प ८६३५ नम्बरको मोटरसाईकल चालक जिल्ला पाल्पा बगनासकाली गाँउपालिका ९ बस्ने वर्ष ५१ को विष्णु प्रसाद बि.क, लु ७७ प ४५०५ नम्बरको मोटरसाईकल चालक जिल्ला स्याङजा चापाकोट न.पा.९ बस्ने वर्ष अन्दाजी २९ को विवेक भट्टराई र लु ७७ प ४५०५ नम्बरको मोटरसाईकल पछाडि सवार जिल्ला रुपन्देही तिलोत्तमा न.पा. ५ मणिग्राम बस्ने वर्ष अन्दाजी २८ को दिपक पाण्डे रहेका छन । घटना आज दिउँसो  साढे २ बजेतिर भएकाे हाे । दुर्घटनाकाे कारणबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक हाेमप्रकाश चाैधरीले जानकारी दिनु भएको छ ।

सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...