Saturday 28th March 2026

यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित, विश्वकप यात्रा सहज


अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको पहिलो खेलमा यूएईमाथि १ रनको रोमाञ्चक जित निकालेको छ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन मात्रै बनाउन सक्यो। यूएईका लागि अलिशान सराफुले अर्धशतक प्रहार गर्दै ५८ रन जोडे भने ध्रुव पराशरले ३८ रन बनाए। तर उनीहरूको योगदान जितका लागि पर्याप्त रहेन।

ad
एक चरणमा ८२–१ को बलियो स्थितिमा पुगेको यूएईमाथि त्यसपछि नेपालले उत्कृष्ट पुनरागमन गर्दै दबाब बनायो। यूएई ९९–६ को अवस्थामा पुगेपछि ध्रुव पराशरले ठूला प्रहारहरू गर्दै यूएईलाई खेलमा जीवितै राखेका थिए।

अन्तिम ओभरमा १० रन आवश्यक भएको बेला बलिङमा आएका दीपेन्द्र सिंह ऐरीलाई पराशरले पहिलो बलमै छक्का प्रहार गरे। तर त्यसपछि उनले लगत्तै उनलाई क्याचआउट गराए। बाँकी दुई बलमा यूएईलाई ३ रन चाहिँदा रनआउट र शर्ट रनका कारण रन थप्न सकेन र अन्ततः १ बल बाँकी छँदा १ रन मात्र जोड्न सफल भयो।

नेपालका लागि दीपेन्द्रले ४ ओभरमा २२ रन खर्चिएर ३ विकेट लिए। सन्दीप लामिछाने, सोमपाल कामी र गुलशन झाले पनि समान १–१ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो।

आसिफले ४७ बलमा ५१ रन बनाए भने कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेले २० रन र गुलशन झाले ५ बलमा १४ रनको योगदान गरे।

सुरुआती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको नेपालले त्यसपछि रनगति सुस्त हुँदा स्कोरलाई दोब्बर बनाउन सकेन।

यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान १–१ विकेट लिए ।

जितसँगै सुपर सिक्समा नेपालको चार अंक भएको छ । अब नेपालले थप ३ खेल खेल्नेछ । सुपर सिक्सका शीर्ष ३ टिमले आगामी टीट्वान्टी विश्वकप खेल्नेछन् ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...