Thursday 1st October 2026

हट स्टोन मसाज के लार्इ भनिन्छ ?


तितोपाटी – जाडोयामका लागि बढी उपयोगी यो मसाजमा, हर्बल ओयलले मालिस गरी, हट स्टोनले सेकेर फेरि मालिस गरिन्छ । एकपटकको मालिस पछि शरीरको पछाडीपट्टिको भागमा जोइन्ट–पोइन्ट पत्ता लगाएर त्यही स्थानमा तातो ढुंगा राखी केही समय सेकिसकेपछि त्यसलाई झिकेर पुन मालिस गरिन्छ ।

हटस्टोन मसाजका फाइदा के–कस्ता छन् ?

प्राकृतिक पद्धतिद्वारा गरिने हट स्टोन मसाजले शरीरलाई मात्र नभएर मस्तिष्क र आत्मालाई समेत तरोताजा र स्फुर्त राख्न सहयोग पुर्‍याउँछ । यसले शरीरको रक्तसंचार बढाउने, तनाव, थकान, अनिद्रा हटाउने, दिमाग र शरीर दुवैलाई चंगा बनाउने काम गर्छ ।

कस्ता व्यक्तिहरूले हट स्टोन मसाज लिनुहुँदैन ?

ज्वरो आएका, छालाको एलर्जी भएका, गर्मी जिउका, भर्खरै अपरेसन गरेका, गर्भवती आदिले यो नगर्दा नै बेस हुन्छ ।

के–कस्ता समस्याका लागि यो उत्तम मसाज हो ?

विशेषत: चिसोले संक्रमण गर्ने शरीर भएका मानिसहरूका लागि फाइदाजनक हुन्छ । त्यसबाहेक दम, बाथ, जोर्नी दुख्ने र करकर खाने समस्या भएकाहरूका लागि यो मसाज अत्यन्तै उपयोगी छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

प्रतिकृयाहरू
...