Tuesday 15th September 2026

सिंहको बच्चा पनि टेस्ट्युबबाट जन्माइयो !


तितोपाटी – विज्ञान र प्रविधिको चमत्कारले संसारमा अब असम्भव भन्ने कुरा केही छैन भन्न सकिने अबस्था अाइरहेको छ । विभिन्न अाविश्कार मार्फत मानिसलार्इ सर्वेसर्वा बनाएको यस पृथ्वीमा हामीले मानिसका बच्चा टेस्ट्युब प्रविधि मात्र जन्माएको कुरा त देखे जाने सने हो तर विश्वमा सिंहको जनसंख्या घट्दै गएपछि वैज्ञानिकहरूले टेस्टट्युबमार्फत पहिलो पटक सिंहको शिशुलाई जन्मदिन सफलता प्राप्त गरेका छन् ।

युनिभर्सिटी अफ प्रिटोरियाका वैज्ञानिक एवं चिकित्सकहरूले दक्षिण अफ्रिकाको उकुटुलु संरक्षण क्षेत्रको सिंहमा उक्त सफलता हात पारेका हुन् । सो परिक्षणमा सफलता मिले पछि वैज्ञानिकहरू अन्य जनावरहरूमा पनि यो प्रविधि प्रयोग गर्न उत्सुक भएका छन् ।

यो सफलतापछि अरू लोपोन्मुख जनावरहरूको जनसंख्या बढाउन मद्दत पुग्ने आशा पलाएको छ । सिंहको टेस्टट्युब बेबी जन्माउने क्रममा इन्भिट्रो फर्टिलाइजेसन (आईभिएफ) प्रविधिवाट भाले सिंहको शुक्रकीटलाई पोथी सिंहको पाठेघरमा प्रत्यारोपण गरेर गर्भवती बनाइएको थियो ।


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित…

प्रतिकृयाहरू
...