Wednesday 8th October 2025

इन्डोनेसियामा पानीजहाज दुर्घटना, १० को मृत्यु, १२६ को सकुशल उद्दार


तितोपाटी – इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा भएको पानीजहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा १ सय २६ यात्रुको भने सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

‘केएम फुङका पेर्माटा’ नामक पानीजहाज दक्षिणी पूर्वी सुलवेसीको बाउबाउबाट बनगाईतर्फ गइरहेको बेला मध्यइन्डोनेसियाको सागुमा दुर्घटना भएको हो । यातायात मन्त्रालयका प्रवक्ता बामबाङ इर्भानले पानीजहाजमा आगलागी भएपछि जहाज पल्टिएको जानकारी दिए ।

उद्धारकर्ताले दुर्घटना भएको जहाजलाई शनिबार बिहान बनगाई बन्दगाहमा अवतरण गराएको पनि उनले बताए । इन्डोनेसियामा बेलाबेलामा भइरहने यस्ता पानीजहाज दुर्घटनामा परी बर्सेनि सयौंको मृत्यु हुने गरेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...