Wednesday 26th February 2025

फिलिपिन्स र अमेरिकामा अाएको अाँधीको कारण ४० भन्दा बढिको मृत्यु


तितोपाटी – फिलिपिन्समा सुरु भएको ‘माङ्खुट’ आँधी अहिले हङकङ र पश्चिमी चीनतर्फ गइरहेको रोयटर्सले जनाएको छ। आँधीले सम्भावित क्षति पुर्याउनसक्ने भन्दै चीनको हईनान प्रान्तको हाइकु शहरको एयरपोर्टबाट उडान हुने ३ सय हवाई उडान रद्ध गरिएका छन्।

त्यस्तै, मकाउ इन्टरनेशनल एयरपोर्टबाट १६० उडान रद्ध गरिएका छन्। उक्त क्षेत्रका ९ सय मानिसहरू सुरक्षित स्थानमा १६ वटा अस्थाई टहरामा सरिसकेको चाइना ग्लोबल टेलिभिजन नेटवर्कले जनाएको छ। उक्त आँधीबाट फिलिपिन्समा मृत्यु हुनेको संख्या २८ पुगेको छ। उत्तरी फिलिपिन्समा विध्वंशकारी आँधीले लुजोन आइल्याण्डमा तहसनहस गरेको बीबीसीले जनाएको छ। उक्त आँधीले ४२ वटा पहिरो तथा ठूलो बाढी निम्त्याएको छ।

प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको बताइएको छ। आँधीले उक्त क्षेत्रमा सबैजसो घरहरुमा क्षति पुर्याउनुका साथै ठूलो मात्रामा बाली नष्ट गरेको छ। जसले खाद्यान्न संकट उत्पन्न हुन सक्ने भन्दै अधिकारीले चिन्ता व्यक्त गरेका छन्। प्रतिघण्टा दुई सय किलोमिटरको बेगमा गइरहेको आँधीका कारण सञ्चार तथा विद्युत् अवरुद्ध भएको छ भने, एक लाखभन्दा बढी मानिसहरू अस्थायी टहरामा बसिरहेका छन्। अझै पनि ५० लाख मानिसहरु उक्त आँधीको बाटोमा रहेको बताइएको छ।

यता अमेरिकाको उत्तर र दक्षिण क्यारोलिनामा फ्लोरेन्स आँधीबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। अझै पनि मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीले जनाएका छन्। प्रभावित क्षेत्रमा फसेका मानिसको उद्धारका लागि ९ हजार ७ सय राष्ट्रिय सुरक्षा सैनिकहरू परिचालन गरिएका छन्।

आँधीबाट ९ लाख ५० हजार भन्दा बढी मानिसहरू अन्धकारमा बस्न बाध्य भएको बीबीसीले जनाएको छ। २२ हजार मानिस चर्च, विद्यालयलगायतका १५० अस्थानी टहरामा बसिरहेका छन्। नदीतटिय क्षेत्रका बासिन्दाले ठूलो बाढीको सामना गरिरहेको बीबीसीले जनाएको छ। फ्लोरेनस आँधीबाट करिब ४ हजार घरहरू पूर्ण रुपमा नष्ट भएका छन्।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली: भारतको सत्तारुढ हिन्दू-राष्ट्रवादी पार्टीकी एक सदस्यले दिल्लीको मुख्यमन्त्रीको रूपमा बिहीबार शपथ ग्रहण गरेकी छिन्। चुनावमा पराजित भएपछि दशकौंपछि…

चुम्बकीय उत्तरी ध्रुव आधिकारिक रूपमा क्यानडाबाट टाढा र साइबेरियातिर आफ्नो गतिशीलता जारी राख्दै आफ्नो स्थान परिवर्तन गरेको छ। यस घटनाले…

हमासले शिरी बिबासको अवशेष इजरायललाई नभई गाजाकी एक महिलाको अवशेष हस्तान्तरण गरेको खुलासा भएपछि "हमासले सम्झौता उल्लङ्घनको पूर्ण मूल्य चुकाउनेछ,"…

प्रतिकृयाहरू
...