Thursday 22nd October 2026

आइसिसी डिजिटल फ्यान इनगेजमेन्ट अवार्ड नेपाललाई


तितोपाटी-नेपालले लगातार दोस्रो पटक आइसिसी विकास श्रेणी अवार्डअन्तर्गत डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाललाई सन् २०२४ को आइसिसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर अवार्ड प्रदान गरेको हो । नेपालले लगातार दोस्रो पटक अवार्ड जितेको हो।
सिंगापुरमा आयोजित आइसिसीको वार्षिक साधारण सभामा आइसिसी अध्यक्ष जय शाहले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई प्रदान अवार्ड प्रदान थिए। आइसिसीले इन्टरनेटमा नेपाली क्रिकेट समर्थकको बाक्लो उपस्थितिको सधैं प्रशंसा गर्दै आएको छ। एसिया क्षेत्रको विजेता भएर नेपाल ग्लोबल छनोटमा परेको थियो। क्षेत्रिय विजेताको रूपमा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, एसियाबाट नेपाल र इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया ग्लोबल छनोटमा पुगेका थिए।


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...