Wednesday 26th February 2025

युगाण्डामा अागलागीमा परि एकै परिवारका ७ जनाको मृत्यु


तितोपाटी – आगलागीमा परी पूर्वी युगाण्डामा एकै परिवारका सात जनाको मृत्यु भएको छ।

पूर्व क्योगा क्षेत्रका प्रहरी प्रवक्ता मिचेल ओडोङ्गोले सिन्ह्वालाई टेलिफोनमा बुधबार दिएको जानकारी अनुसार मङ्गलबार बेलुका आगलागी भएको हो।

बुकेडा जिल्लाको अमुटोरो गाउँमा रहेको एउटा घरमा स्थानीय समय अनुसार बेलुका ८ बजे ग्यालेनमा राखेको पेट्रोलबाट आगो फैलिएको प्रहरी प्रवक्ताको भनाइ छ।

खाना पकाएकी महिलाले घरबाहिर पकाएको खाना भित्र लगेर राख्ने क्रममा पेट्रोलबाट आगलागी भएको बताइएको छ। झुप्रो घर भएकाले आगोले चाँडो टिपेको प्रहरीले जनाएको छ।

“उनीहरूले अवैध तरिकाले पेट्रोलको व्यापार गर्दै आएको र त्यसैका लागि घरमा पेट्रोल राखेका थिए,” प्रहरी प्रवक्ता ओडोङ्गोले भने।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली: भारतको सत्तारुढ हिन्दू-राष्ट्रवादी पार्टीकी एक सदस्यले दिल्लीको मुख्यमन्त्रीको रूपमा बिहीबार शपथ ग्रहण गरेकी छिन्। चुनावमा पराजित भएपछि दशकौंपछि…

चुम्बकीय उत्तरी ध्रुव आधिकारिक रूपमा क्यानडाबाट टाढा र साइबेरियातिर आफ्नो गतिशीलता जारी राख्दै आफ्नो स्थान परिवर्तन गरेको छ। यस घटनाले…

हमासले शिरी बिबासको अवशेष इजरायललाई नभई गाजाकी एक महिलाको अवशेष हस्तान्तरण गरेको खुलासा भएपछि "हमासले सम्झौता उल्लङ्घनको पूर्ण मूल्य चुकाउनेछ,"…

प्रतिकृयाहरू
...