Sunday 7th December 2025

‘मनमुटाव’को चर्चाबीच खेम सेन्चुरी र शान्तिश्री परियारले ल्याए गीत


सम्बन्धमा ‘दरार’ आएको चर्चाबीच लोकगायक खेम सेन्चुरी र गायिका शान्तिश्री परियारको नयाँ गीत सोमबार रिलिज भएको छ । गीत रिलिज भएपछि धेरैले प्रश्न गरेका छन्– के यी दुईबीच पुनः हार्दिकता पलाएको हो ? गीतकार र म्युजिक भिडियोका निर्माता समेत रहेका प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरिक्षक भूपेन्द्र बुढाथोकीको नयाँ गीत ‘परदेशी हुनै मन छैन’मा यी दुईले सहकार्य गरेका हुन् । तर, यो गीतका लागि खेम र शान्तिश्रीको सहकार्यको किस्सा भने रोचक छ ।
बुढाथोकीले डेढमहिनाअघि मात्र शान्तिश्री र खेमको स्वरमा अनामनगरको मालाश्री स्टुडियोमा गीत रेकर्ड गराएका हुन् । तर, त्यसको केही महिनाअघि देखि नै यी दुईबीच सम्बन्ध हार्दिक नरहेको चर्चा मिडियामा आउन थालिसकेको थियो । गीतमा खर्च गरिसकेका बुढाथोकीलाई कुनै हालतमा गीत रेकर्ड गर्नुपर्ने बाध्यता थियो । सुरुमा त खेम र शान्तिश्री दुवैले सँगै काम गर्न मानेनन् तर गीत निर्माणमा खर्च भैसकेको स्थितीमा अलग-अलग गीत रेकर्ड गरेर भएपनि तयार पर्ने सहमति भयो ।

जसअनुसार, सुरुमा खेमले गीत रेकर्ड गरे । त्यसको एकसातामा शान्तिश्रीले स्वर रेकर्ड गराइन् । त्यसपछि ऋषि खड्काले संगीत कम्पोज गरे । ‘उहाँहरूले सुरुमा मान्नुभएको थिएन । मैले लाखौं खर्च गरिसकेको थिएँ । त्यसपछि उहाँहरू कन्भिन्स हुनुभयो र गाउन मान्नुभयो’ बुढाथोकीले अनलाइनखबरसँग भने । शान्तिश्री र खेमले थुप्रै हिट गीतमा सहकार्य गरेका छन् । तर, पछिल्लो वर्षयता यी दुईबीच हार्दिक सम्बन्ध नरहेको सतहमै देखिन्छ । सार्वजनिक प्लाटफर्ममै उनीहरूले एकअर्काप्रति आरोप प्रत्यारोप पनि गरिरहेका छन् । यस्तोमा, भूपेन्द्र बुढाथोकीको नयाँ गीतले यी दुईबीच पुनः चर्चा सुरु गरिदिएको छ ।-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति अहमद अल-शाराले शनिबार चेतावनी दिए कि दक्षिणी सिरियामा असैन्यीकृत क्षेत्रको लागि इजरायलको मागले उनको देशलाई खतरामा पार्न सक्छ, किनकि…

भारत र रुसले शिखर सम्मेलन र द्विपक्षीय वार्ता गरेका छन्। प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन बीचको संयुक्त वक्तव्य पनि जारी…

डोनेट्स्क ओब्लास्टको पोक्रोभ्स्क फ्रन्ट अहिले युक्रेन–रूस युद्धको सबैभन्दा तनावपूर्ण र निर्णायक क्षेत्र之一को रूपमा उभरिरहेको छ। पछिल्ला केही हप्तामा रूसी सेनाले…

प्रतिकृयाहरू
...