Wednesday 2nd September 2026

फेसबुकले लञ्च गर्यो ‘फेसबुक वाच’, युटुबलार्इ टक्कर दिन सक्ने अनुमान


तितोपाटी – फेसबुकले आफ्नो छुट्टै भिडियो स्ट्रिमिङ सेवा फेसबुक वाचलाई लन्च गरेको छ । पहिलेदेखि नै उपलब्ध भए पनि अब यो सेवा सबैका लागि उपलब्ध गराइन लागेको हो । फेसबुक वाचमा प्रयोगकर्ताले आफूलाई मनपर्ने शो छनोट गर्न सक्छन् । यसमा न्युज फिडमा सेभ गरिएका क्लिपहरू पनि हेर्न सकिन्छ ।

फेसबुकको यो सेवाले हाल प्रचलित युट्युबलाई कडा टक्कर दिने अनुमान गरिएको छ । त्यसैगरी यसले परम्परागत टिभी च्यानल तथा नेटफ्लिक्स, अमेजन भिडियो, बीबीसी आइप्लेयर तथा फेसबुकको आफ्नै इन्स्टाग्राम टिभीजस्ता अनलाइन आउटलेटहरूलाई समेत चुनौती दिन सक्ने बताइँदैछ ।

फेसबुक वाचले मानिसहरूलाई अन्तक्र्रिया गर्न सहयोग गर्नेछ । फेसबुकको वाच सर्भिसका लागि भिडियो सामाग्री तयार गर्न चाहनेहरूमा केही योग्यता भने आवश्यक छ । त्यसका लागि भिडियो ३ मिनेटभन्दा लामो हुनुपर्छ । दुई महिनाभित्रमा उक्त भिडियोलाई कम्तीमा ३० हजार मानिसले कम्तीमा एक–एक मिनेट हेरेको हुनुपर्छ भने १० हजार भन्दा धेरै फलोअर्स हुनुपर्छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को…

इजरायली सेनाले अधिकृत पश्चिम किनाराका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूको घर भत्काउने अभियान जारी राखेको छ। रामल्लाह र नाब्लुस क्षेत्रमा केही घरहरू…

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

प्रतिकृयाहरू
...