Friday 19th December 2025

फेसबुकले लञ्च गर्यो ‘फेसबुक वाच’, युटुबलार्इ टक्कर दिन सक्ने अनुमान


तितोपाटी – फेसबुकले आफ्नो छुट्टै भिडियो स्ट्रिमिङ सेवा फेसबुक वाचलाई लन्च गरेको छ । पहिलेदेखि नै उपलब्ध भए पनि अब यो सेवा सबैका लागि उपलब्ध गराइन लागेको हो । फेसबुक वाचमा प्रयोगकर्ताले आफूलाई मनपर्ने शो छनोट गर्न सक्छन् । यसमा न्युज फिडमा सेभ गरिएका क्लिपहरू पनि हेर्न सकिन्छ ।

फेसबुकको यो सेवाले हाल प्रचलित युट्युबलाई कडा टक्कर दिने अनुमान गरिएको छ । त्यसैगरी यसले परम्परागत टिभी च्यानल तथा नेटफ्लिक्स, अमेजन भिडियो, बीबीसी आइप्लेयर तथा फेसबुकको आफ्नै इन्स्टाग्राम टिभीजस्ता अनलाइन आउटलेटहरूलाई समेत चुनौती दिन सक्ने बताइँदैछ ।

फेसबुक वाचले मानिसहरूलाई अन्तक्र्रिया गर्न सहयोग गर्नेछ । फेसबुकको वाच सर्भिसका लागि भिडियो सामाग्री तयार गर्न चाहनेहरूमा केही योग्यता भने आवश्यक छ । त्यसका लागि भिडियो ३ मिनेटभन्दा लामो हुनुपर्छ । दुई महिनाभित्रमा उक्त भिडियोलाई कम्तीमा ३० हजार मानिसले कम्तीमा एक–एक मिनेट हेरेको हुनुपर्छ भने १० हजार भन्दा धेरै फलोअर्स हुनुपर्छ ।


सम्बन्धित शीर्षकहरु

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

प्रतिकृयाहरू
...