Wednesday 26th February 2025

अफगानिस्तानमा भएको अात्मघाती बम अाक्रमणमा ६८ जनाको मृत्यु


तितोपाटी – अफगान प्रदर्शनकारीमाथि लक्षित गरी मंगलवार गराइएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ पुगेको छ।संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीहरुबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ। यस वर्षकै सर्वाधिक घातक मानिएको नानघहार प्रान्तको यो विष्फोटमा अरु १६५ जना घाइते भएको प्रान्तीय सरकारका प्रवक्ता अताउल्लाह खोग्यानीले जानकारी दिए।

यो नरसंहारको जिम्मेवारी हालसम्म कसैले लिएको छैन, तर यो प्रान्तमा अतिवादी इस्लामिक स्टेट समूह सक्रिय रहेको छ। हालै गराइएका सबैजसो बम हमलाको इस्लामिक स्टेटले जिम्मेवारी लिइआएको छ।

संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ ।

नानघहारको स्वास्थ्य सेवा विभागले मारिएका व्यक्तिको विवरण सार्वजनिक गरेको छ । उक्त घटना स्थानीयबासीले प्रहरी प्रमुखको नियुक्तिप्रति असन्तुष्टी जनाउादै जलालाबादमा सडक अबरुद्ध गरी प्रदर्शन गरेको बेला भएको थियो । हमलाकारीहरु प्रदर्शनकारीको बीचमा गएर आफौंलाई बमले उडाएका थिए । मृत्यु भएका र घाइतेलाई स्थानीयबासीले ट्रक र एम्बुलेन्समा राखेर नजिकका अस्पतालमा लगेका थिए ।

जनवरीमा भएको यस्तै एक घटनामा अफगानिस्तानको राजधानी काबुलमा विस्फोटक पदार्थले भरिएको एम्बुलेन्स विस्फोट गराउादा १ सइ भन्दाबढी सर्वसाधारण मारिएका थिए । उक्त बम हमलाको जिम्मेवारी तालिबानले लिएको थियो ।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली: भारतको सत्तारुढ हिन्दू-राष्ट्रवादी पार्टीकी एक सदस्यले दिल्लीको मुख्यमन्त्रीको रूपमा बिहीबार शपथ ग्रहण गरेकी छिन्। चुनावमा पराजित भएपछि दशकौंपछि…

चुम्बकीय उत्तरी ध्रुव आधिकारिक रूपमा क्यानडाबाट टाढा र साइबेरियातिर आफ्नो गतिशीलता जारी राख्दै आफ्नो स्थान परिवर्तन गरेको छ। यस घटनाले…

हमासले शिरी बिबासको अवशेष इजरायललाई नभई गाजाकी एक महिलाको अवशेष हस्तान्तरण गरेको खुलासा भएपछि "हमासले सम्झौता उल्लङ्घनको पूर्ण मूल्य चुकाउनेछ,"…

प्रतिकृयाहरू
...