Sunday 21st June 2026

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते मानवता विरूद्धको अपराधमा पक्राउ


फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन् । मानवताविरुद्ध अपराधको आरोपमा उनलाई फिलिपिन्सको प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । उनलाइ हङकङबाट फर्कने क्रममा मनिला एयरपोर्टबाट फिलिपिन्स प्रहरीले नियन्त्रणमा लिएको हो

अन्तर्राष्ट्रिय फाैजदारी अदालतले (आईसीसी)ले उनीविरुद्ध मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो ।

दुतेर्तेले सन् २०१६ देखि २०२२ सम्म दक्षिण पूर्वी एशियाली राष्ट्र फिलिपिन्सको राष्ट्रपति रहँदै नशालु पदार्थविरुद्ध कारबाही गरेका थिए जसमा हजारौं मानिस मारिएका थिए । खासमा उनले लागुऔषध कारोबारविरुद्ध कठोर नीति अपनाएका कारण युद्धको क्रममा हजारौं लागुऔषध व्यापारीहरू मारिएका थिए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...