Friday 2nd October 2026

कल्याणकारीको पहलमा चितवनकी अपांग टुकुदेवी पाैडेललाइ ३० हजार भन्दा बढिको सहयोग


कुवेतस्थित कल्याणकारी नेपाली युवा समाज कुवेतको पहलमा चितवनकी शारीरिक अपांग टुकुदेवी पाैडेललाइ ३० हजार भन्दा बढिको सहयोग गरिएको छ । संस्थाका सल्लाहकार नबराज पराजुलीसँग सामाजिक संजालमार्फत सम्पर्कमा अाएकी पाैडेलको सहयोगार्थ रकम संकलन गरि पीडित पाैडेलका नाममा पठाइएको हो ।

समाजका सल्लाहकार पराजुलीको पहलमा कुवेतमा कार्यरत श्रमिक साथीहरूबाट संकलित रकममा समाजको तर्फबाट समेत रकम थप गरि विप्रेषण सेवा शुल्क सहित कुवेती दिनार ७० पीडित टुकु देवी पाैडेलका नाममा पठाइएको समाजका अध्यक्ष सुवास श्रेष्ठले बताए ।

हाल भरतपुर महानगरपालिका वडा नं ८ मा बसोबास गरिरहेकी पीडित पाैडेल जन्मजात अपांग नभएर सवारी दुर्घटनामा परेर अपांग बन्न पुगेकी हुन भने घरायसी अार्थिक अबस्था कम्जोर भएकी उनको दैनिक जिविकोपार्जनमा असहजता रहेको जानकारी पाएपछि पीडितलाइ केहि मात्रामा भने पनि राहत होस भनि श्रमिक साथीहरूमाझ रकम संकलन गरी पठाइएको सहयोग संकलक नबराज पराजुलीले बताए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य…

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

प्रतिकृयाहरू
...