Wednesday 15th October 2025

कल्याणकारीको पहलमा चितवनकी अपांग टुकुदेवी पाैडेललाइ ३० हजार भन्दा बढिको सहयोग


कुवेतस्थित कल्याणकारी नेपाली युवा समाज कुवेतको पहलमा चितवनकी शारीरिक अपांग टुकुदेवी पाैडेललाइ ३० हजार भन्दा बढिको सहयोग गरिएको छ । संस्थाका सल्लाहकार नबराज पराजुलीसँग सामाजिक संजालमार्फत सम्पर्कमा अाएकी पाैडेलको सहयोगार्थ रकम संकलन गरि पीडित पाैडेलका नाममा पठाइएको हो ।

समाजका सल्लाहकार पराजुलीको पहलमा कुवेतमा कार्यरत श्रमिक साथीहरूबाट संकलित रकममा समाजको तर्फबाट समेत रकम थप गरि विप्रेषण सेवा शुल्क सहित कुवेती दिनार ७० पीडित टुकु देवी पाैडेलका नाममा पठाइएको समाजका अध्यक्ष सुवास श्रेष्ठले बताए ।

हाल भरतपुर महानगरपालिका वडा नं ८ मा बसोबास गरिरहेकी पीडित पाैडेल जन्मजात अपांग नभएर सवारी दुर्घटनामा परेर अपांग बन्न पुगेकी हुन भने घरायसी अार्थिक अबस्था कम्जोर भएकी उनको दैनिक जिविकोपार्जनमा असहजता रहेको जानकारी पाएपछि पीडितलाइ केहि मात्रामा भने पनि राहत होस भनि श्रमिक साथीहरूमाझ रकम संकलन गरी पठाइएको सहयोग संकलक नबराज पराजुलीले बताए ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...