Wednesday 11th March 2026

रास्वपा प्रवास विभाग कुवेतको दोस्रो अधिवेशन सम्पन्न – ईश्वर भन्डारीको नेतृत्वमा नयाँ समिति


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध प्रवासी नेपाली सम्पर्क विभाग—कुवेतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न दोस्रो अधिवेशनले ईश्वर भण्डारीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। कार्यक्रममा ७० भन्दा बढी नयाँ समर्थकहरूले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन।

कुवेतस्थित फर्वानियाको शेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा कार्यवाहक सभापति आलमगीर अन्सारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य, पूर्व शिक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय शिशिर खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रास्वपा प्रवासी विभागका सचिव पदमराज पन्थीको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा नेपाली राजदूतावास कुवेतका श्रम सहचारी गिरीराज आचार्य,एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा,पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ल,समाजसेबी राजेन्द्र तामाङ,राजनैतीक भातृ संगठनको अध्यक्षहरु कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी/प्रतिनीधि,पत्रकार अतिथि रहेको उक्त कार्यक्रममा पार्टीप्रति आस्थावान प्रवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि,लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।

अधिवेशनबाट सन २०२५-२०२७ सम्मको लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। नवगठित कार्यसमितिमा सभापति श्री ईश्वर भण्डारी, उपसभापति विजय सारु मगर, महासचिव सन्तोष अधिकारी, सचिव उद्धव अधिकारी, कोषाध्यक्ष श्री राम न्यौपाने चयन हुनु भएको छ।कार्यक्रमलाई उद्धव अधिकारी र सन्तोष अधिकारी ले संचालन गरेको कार्यक्रममा पार्टी कुवेतका सल्लाहकार राजु कार्कीले स्वागत मन्तव्य राखेका थिए। भने संस्थाका संरक्षक पुष्कर धामीले संस्थाको बारेमा संक्षिप्तमा प्रस्ट पर्नु भएको थियो।


सम्बन्धित शीर्षकहरु

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

प्रतिकृयाहरू
...