Saturday 26th July 2025

लघुकथाः घरेलु हिंसा -कमला देवकोटा,


उमा कता छौ? पानी ल्याउन कस्तो प्यास लागेको। गर्मी चढिसक्यो नि बाबू अब त। आमाले गिलासमा पानी ल्याइदिईन्। तपाईं त माईती गएको पो भन्थिन् उमा।कहिले आउनुभो?छैन कहिँ गएकी कोठामै थिएँ।
उमा छैनन् कि ? खै कतै गएकी होलिन् आउलिन् नि।
आज किन यति चाडो आईस् त बाबू अफिस बाट?
किन किन के सबै कुरा भन्नू पर्ने तपाईंलाई मैले?। होईन नभनि राख भन्दै आमा दुखित भै बाहिर गइन्।
यस्ता दिन त उनको लागि सामान्य नै थिए। हस्याङ फस्याङ गर्दै उमा घर पसिन्। पसिनाले निथ्रुक्क भएकी पत्नी तिर हेर्दै उनले सोधे।कहाँ गएकी थियौ उमा ? तिमी नहुँदा त यो घर सुन्सान पो भयो ।मेरो लागि कति महत्वपुर्ण मान्छे तिमी । म फसेँ बुढा बचाउनुस् अब प्रहरीले मलाई खोज्दैछ रे। हँ किन के गर्यौ र तिमीले?के भनुँ बुढा तिमी एक हप्ता टुरमा गएदेखी मैले आमा लाई खान नदिइ कोठामा थुनेर राखेकी थिएँ।
हिँजो ओडामा हाम्रै बारे ठूलो बहस भाथ्यो रे, भर्खरै मात्र चमेलीले भनेकी। अब म के गरुँ? ।
नभन्दै महिला हिंसाको अभियोग मा पक्रन प्रहरी जमात आयो। हप्ता देखि खान नपाएकी दुखी दुर्बल आमा गह भरी आँसु लिँदै अगाडि के आएकी थिइन् , उमाले लुछा चुँडी गर्दै पछार्दै भनिन् ।लैजाओ यसैलाई हाम्रो घर तहस नहस गर्नेलाई।
प्रहरी अगाडि बढ्दै भन्यो हो अब पालो कस्को हो तेहिँ पुगेपछी थाहा हुन्छ।
महिला प्रहरीले उमालाई समातेर।भ्यानमा हाले।आमाले सुँक्क सुँक्क गर्दै भनिन्।
बाबू हो मलाई लैजानुस् यी बुहारी निर्दोष छिन् छाडिदिनुस्। गाउँले हरु कुर्ले हैन आमा पाप धुरी बाट कराएको हो तपाईं चुप लाग्नुस् ।
अब अन्यायको पर्दाफास हुनेछ।

-पाल्पा


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...