Friday 19th December 2025

तीर्थयात्रु बोकेको बस पल्टिंदा भारतमा ५३ जनाको मृत्यु


तितोपाटी – तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा भारतको दक्षिणी राज्य तेलंगनामा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला छन् । जगतियाल जिल्लामा मंगलबार भएको दुर्घटनामा परी दर्जनौं घाइते भएका प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ ।

अधिकारीहरूले बसमा क्षमताभन्दा बढी मानिसले यात्रा गरिरहेकाले दुर्घटना भएको जनाएका छन् । राज्य सञ्चालित ६० जना क्षमताको बसमा ८६ ले यात्रा गरिरहेका थिए । ग्रामीण क्षेत्रको साँघुरो सडकमा चालकले नियन्त्रण गुमाएपछि यात्रुले खचाखच भरिएको उक्त बस गहिरो खोँचमा खसेको थियो । बसमा कोन्डागाटु अन्जनेया स्वामी मन्दिरमा दर्शन गरेका तीर्थयात्रु फर्कंदै थिए ।

तेलंगनाको मुख्यमन्त्री के चन्द्रशेखर रावले दुर्घटनामा मृत्यु हुनेका परिवारलाई ५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । भारतमा खराब सडक तथा मर्मत नगरिएका सवारीसाधानका कारण हुने सडक दुर्घटनामा बर्सेनि लाखौं करिब १ लाख ५० हजारले ज्यान गुमाउने गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

प्रतिकृयाहरू
...