Thursday 23rd July 2026

लघु कथाः बात्सल्य प्रेम


कमला देवकोटा, पाल्पा – कृपया मेरी आमालाई एक महिनाको लागि तपाईँहरुसङ्गै राखीदिनुस् है? किन तपाईं कता जाने? बृद्धाश्रमका प्रबन्धकले सोधे। उसले भन्यो मेरो अर्को शहरमा तालिम परेकोछ। ए अनि घरमा श्रीमती बाबु नानी कोही छैनन् र?
छ न त छन्नी सबै कुरा पछि गरम्ला। मिल्छ हैन त? प्रबन्धकले भने ।

किन नमिल्नु तर यहाँ नब्बे प्रतिसत बृद्ध बृद्दा एक दुई महिनाको लागि भनेर ल्याईन्छ। तर घर परिवार कहिल्यै भेट्न शुल्क बुझाउन आएनन् । तेसैले सोधेको तपाईं जस्तो ईमान्दार बैंकको कर्मचारी बाट त तेस्तो कदापी हुनेछैन। हुँदैन ढुक्क हुनुस् भन्दै बाहिरिए। सबै कुरा सुनेकी आमा गह भरी आँसुलिंदै बोलिन्। मलाई एक वचन नसोधिकन मन्दिर जाउँ भनेर ल्याए। भैगो हाकिम साहेब छोरो सँधै खुसी र सुखी रहोस् । म जस्तो दुख सुख बेहोर्न पनि तयार छु। बरु काम गरेरै भएपनी मासिक शुल्क कटाउँला। घरमा पनि त दासी सरह नै थिएंँ।

मेरो कारण रात दिन घरमा छोरा बुहारीको झगडा पिटा पिट मारामार अब कहिल्ल्यै नहोस्। म यहीँ आश्रम लाई मन्दिर को रुप दिनेछु। उ आउला भन्ने मलाई कत्ती पनि आशा छैन।

कस्ती महान आमा ! हजुर आज देखि यो आश्रम कि आमा हुनुभो काम गर्ने हैन सबैलाई राम्रो रेख देख गरिदिनुहै ? मलाई पनि हल्का हुनेभो। यत्तिकैमा आश्रम को गार्ड आयो। ओहो हाकिम साप यो आमाको छोरो त बहुत चण्डाल छ । यसले त आमालाई पिटेको घरबाट निकालेको मैले कैयौँ पटक देखेकोछु।

आमा र प्रबन्धक निराशाजनक मुद्रामा हेरेका हेर्यै भए। बात्सल्य प्रेम को परिणाम।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...