Wednesday 14th January 2026

सामाजिक सुरक्षा अवधारणामा सबै सहभागी बनौ:- नेपाली दुतावास कुवेत


तितोपाटी डटकम-    नेपाली दूतावास कुवेतले सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन  कुवेतमा  कार्यरत नेपाली  श्रमिकहरुलाई आग्रह गरेको छ । वित्तीय सचेतना, विप्रेषण तथा सामाजिक सुरक्षा कोषलगायत महत्वपूर्ण विषयहरुमा सचेतना अभिवृद्धिका लागि कुवेतस्थित वित्तीय संस्था तथा मनि ट्रान्सफर एजेन्सीको भूमिका सम्बन्धमा ‘वित्तीय सचेतना तथा सुरक्षित विप्रेषण आप्रवाह’ विषयक अन्तरक्रिया कार्यक्रम गरी यस्तो आग्रह गरेको हो ।

उक्त कार्यक्रम  एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा,  नेपाल पत्रकार महासङ्घ वैदेशिक शाखाका अध्यक्ष राज मल्ल  नेपालमा पैसा पठाउने कुवेतस्थित अधिकांश वित्तीय क्षेत्रमा  कार्यरत नेपाली प्रतिनिधिको सहभागिता रहेको दूतावासले जनाएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत घनश्याम लम्सालले कुवेतमा कार्यरत नेपाली श्रमिकलाई वित्तीय सचेतनाका बारेमा जानकारी दिन आवश्यक रहेको बताए । वित्तीय सचेतना र सामाजिक सुरक्षा कार्यक्रमको महत्वका बारेमा नेपाली श्रमिकलाई सरल तरिकाले बुझाएर उक्त कार्यक्रममा समेट्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रमका सहभागीले वित्तीय सचेतना, नेपालमा विप्रेषण पठाउने तरिका यसको प्रवृत्ति र सम्भावनाहरु तथा सामाजिक सुरक्षा कोषलाई अझ प्रभावकारी बनाउन र श्रमिकको सहभागिता वृद्धि गर्ने सम्बन्धमा आ–आफ्ना धारणाहरु राखेका थिए ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...