Monday 7th September 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः उनलाई खुशी बनाउन…


उनलाई खुशी बनाउन खोजेको छु मैले
किन आँसु बग्यो आँखाबाट रोक्न खोजेको छु मैले ।।
यो दुनियाँमा रमाएर बाच्न खोजेको छु मैले
आफ्नो इतिहास आफैले लेख्न खोजेको छु मैले ।।

यी सुन्दर ठाउँको सुन्दरता हेरिरहेको यो समयमा
कता कता यादहरुमा हराउन खोजेको छु मैले ।।

बेला बेलामा उनलाई बोलाउन खोजेको छु मैले
खुसीका पलहरुमा उनलाई खोजेको छु मैले ।।

गुनासो त धेरै छ यी पहाड ,पर्वत सँग पनि
एकान्तमा उनको यादमा हराउँन खोजेको छु मैले ।।

उनलाई खुशी बनाउन खोजेको छु मैले
किन आँसु बग्यो आँखाबाट रोक्न खोजेको छु मैले ।।
यो दुनियाँमा रमाएर बाच्न खोजेको छु मैले
आफ्नो इतिहास आफैले लेख्न खोजेको छु मैले ।।

-गोबिन्द राज ओझा (राजन )


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...