Sunday 26th October 2025

गोबिन्द राज ओझा (राजन)को गीति कविताः उनलाई खुशी बनाउन…


उनलाई खुशी बनाउन खोजेको छु मैले
किन आँसु बग्यो आँखाबाट रोक्न खोजेको छु मैले ।।
यो दुनियाँमा रमाएर बाच्न खोजेको छु मैले
आफ्नो इतिहास आफैले लेख्न खोजेको छु मैले ।।

यी सुन्दर ठाउँको सुन्दरता हेरिरहेको यो समयमा
कता कता यादहरुमा हराउन खोजेको छु मैले ।।

बेला बेलामा उनलाई बोलाउन खोजेको छु मैले
खुसीका पलहरुमा उनलाई खोजेको छु मैले ।।

गुनासो त धेरै छ यी पहाड ,पर्वत सँग पनि
एकान्तमा उनको यादमा हराउँन खोजेको छु मैले ।।

उनलाई खुशी बनाउन खोजेको छु मैले
किन आँसु बग्यो आँखाबाट रोक्न खोजेको छु मैले ।।
यो दुनियाँमा रमाएर बाच्न खोजेको छु मैले
आफ्नो इतिहास आफैले लेख्न खोजेको छु मैले ।।

-गोबिन्द राज ओझा (राजन )


सम्बन्धित शीर्षकहरु

तितोपाटी - पाल्पा स्थित कालीगण्डकी करिडोर सडक खण्डमा मोटर साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन…

लुलु हाइपरमार्केट कुवेतले उच्च सञ्चार तथा नेभिगेसन संस्थानमा स्तन क्यान्सर जागरूकता दिवसमा सहयोग गरेको छ । लुलु हाइपरमार्केट कुवेतले सार्वजनिक…

मानिसको दिमाग कहिल्यै शान्त हुँदैन। हजारौं, लाखौं कुरा मनमा रुमल्ली रहेको हुन्छ। एक एकलाई अलग गरी त्यसलाई जति दबाउँ भनेपनि…

प्रतिकृयाहरू
...