Monday 20th October 2025

गोबिन्द राज ओझा (राजन)को गीति कविताः नेपाल आमाको काखमा…


नेपाल आमाको काखमा शिर राखेर सुत्नु छ
देशभक्ति हाम्रो नसा नसामा बग्छ
वीरहरुको भुमी हो यो यहि हाम्रो पहिचान छ
यो माटाेलाई नमन गरौ यसको इतिहास महान छ ।।

यो धर्ती आफै मुस्कुराउ छ मुस्कान सधै रहिरहन्छ
ज्यानको बलिदान दिएर भए पनि देशको सुरक्षा गर्नु छ
यो देशको नाम संसारमा फैलाउनु छ
नेपाल आमाको आवाजलाई चिन्नु पर्छ ।।

यो देशको स्वाभिमानको कथा लेख्नु छ
देशभरी शान्तिको सन्देश फैलाउनु छ
हातमा देशको झन्डा र दिलमा नेपाल देश छ
देशभक्ती हाम्रो पहिलो कर्म हुनेछ ।।

नेपाल आमाको काखमा शिर राखेर सुत्नु छ
देशभक्ति हाम्रो नसा नसामा बग्छ
वीर भूमी हो यो यहि हाम्रो पहिचान छ
यो माटाेलाई नमन गरौ यसको इतिहास महान छ ।।

-गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले आफ्नो जीवन्त ‘लुलु वाली दिवाली २०२५’ उत्सव सफलतापूर्वक सुरु गरेको छ, जसले कुवेतभरि सबै लुलु आउटलेटहरूमा उज्यालो पर्वको…

उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल…

तितोपाटी- नेपालले आईसीसी टी-२० विश्वकप एसिया-ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४…

प्रतिकृयाहरू
...