Wednesday 22nd October 2025

जे पनि हुन सक्छ (लघुकथा) -पुष्कर अथक रेग्मी


अमोद सरकारी जागीरे थियो भने अञ्जली राजनैतिक कार्यकर्ता थिइन् । छोरीको बिवाह भइसकेको थियो भने छोरोले इन्जिनियरिङ पढदै थियो।उनीहरूबिच सहयात्राको तीन दशक बितिसकेको थियो । घरमा जेष्ठ माता पिता मात्रै थिए । ब्यस्तताको कारणले गर्दा घरायसी काम गर्न र माता पिताको सेवा गर्न उनीहरूले सकिराखेका थिएनन् ।

दुवैले सल्लाहमा घरमा एकजना काम गर्ने केटीलाई ल्याएर राखे । केटी राम्री,सुशील,मेहनती र फरासिली थिई । उसले घरका सबै परिवारलाई रिझाउदै गई । अमोद काम गर्ने केटीसंग बोल्दा र कुरा गर्दा अञ्जलीको मन चसक्क हुन्थ्यो।

“मेरो अनुपस्थितिमा यो केटी र अमोदबिच जे पनि हुन सक्छ” भन्ने शंकामा अञ्जलीले चुपचाप काम गर्ने केटीलाई निकालीदिई ।

घरमा काम गर्ने मान्छेको खाँचो पर्यो । दुबैले फेरि सल्लाहमा एउटा काम गर्ने केटोलाई ल्याएर राखे । केटो सुन्दर,सुशील,मेहनती र इमान्दार थियो । उसले घरका सबै परिवारलाई रिझाउदै गयो । अञ्जली केटोसंग बोल्दा, कुरा गर्दा र काममा लगाउँदा अमोदको मन चसक्क हुन्थ्यो ।

“मेरो अनुपस्थितिमा यो केटो र अञ्जलीबिच जे पनि हुन सक्छ” भन्ने शंकामा अमोदले पनि चुपचाप काम गर्ने केटोलाई निकालीदियो ।

श्रीनगर तानसेन


सम्बन्धित शीर्षकहरु

तितोपाटी- इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । महाकालीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्येष्टि…

तितोपाटी- पाल्पाकाे माथागढी गाँउपालिका वडा नम्बर ४, झडेवा सौरेनीमा  युवकको कुटपिटबाट  वृद्ध महिलाकाे हत्या भएको छ । गए राति  सोही…

तितोपाटी- जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते तीनकुनेका प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ नामका व्यक्ति…

प्रतिकृयाहरू
...