Thursday 4th June 2026

जे पनि हुन सक्छ (लघुकथा) -पुष्कर अथक रेग्मी


अमोद सरकारी जागीरे थियो भने अञ्जली राजनैतिक कार्यकर्ता थिइन् । छोरीको बिवाह भइसकेको थियो भने छोरोले इन्जिनियरिङ पढदै थियो।उनीहरूबिच सहयात्राको तीन दशक बितिसकेको थियो । घरमा जेष्ठ माता पिता मात्रै थिए । ब्यस्तताको कारणले गर्दा घरायसी काम गर्न र माता पिताको सेवा गर्न उनीहरूले सकिराखेका थिएनन् ।

दुवैले सल्लाहमा घरमा एकजना काम गर्ने केटीलाई ल्याएर राखे । केटी राम्री,सुशील,मेहनती र फरासिली थिई । उसले घरका सबै परिवारलाई रिझाउदै गई । अमोद काम गर्ने केटीसंग बोल्दा र कुरा गर्दा अञ्जलीको मन चसक्क हुन्थ्यो।

“मेरो अनुपस्थितिमा यो केटी र अमोदबिच जे पनि हुन सक्छ” भन्ने शंकामा अञ्जलीले चुपचाप काम गर्ने केटीलाई निकालीदिई ।

घरमा काम गर्ने मान्छेको खाँचो पर्यो । दुबैले फेरि सल्लाहमा एउटा काम गर्ने केटोलाई ल्याएर राखे । केटो सुन्दर,सुशील,मेहनती र इमान्दार थियो । उसले घरका सबै परिवारलाई रिझाउदै गयो । अञ्जली केटोसंग बोल्दा, कुरा गर्दा र काममा लगाउँदा अमोदको मन चसक्क हुन्थ्यो ।

“मेरो अनुपस्थितिमा यो केटो र अञ्जलीबिच जे पनि हुन सक्छ” भन्ने शंकामा अमोदले पनि चुपचाप काम गर्ने केटोलाई निकालीदियो ।

श्रीनगर तानसेन


सम्बन्धित शीर्षकहरु

नेपाली महिला फुटबल टोली साफ च्याम्पियनसिपको सेमिफाइनलमै बंगलादेशसँग २–१ ले पराजित हुँदै बाहिरिएको छ, जसले उपाधिविहीन यात्रालाई निरन्तरता दिएको छ।…

अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध थप सैन्य कारबाही गर्न सीमित गर्ने उद्देश्यले प्रस्ताव पारित…

इजरायल र लेबनानबीच युद्धविराम कार्यान्वयनका लागि सहमति भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। यो सम्झौता हिज्बुल्लाहद्वारा आक्रमण पूर्ण रूपमा बन्द…

प्रतिकृयाहरू
...