Wednesday 15th July 2026

सिरियाली राष्ट्रपति असदले देश छाडेर भागे


सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेर भागेको दाबी गरेका छन् । दमास्कस आफ्नो कब्जामा आएपछि विद्रोही समूह हयात तहरीर अल सामले राष्ट्रपति असदले देश छाडेर भागेको दाबी गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सिरियाली अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति असल दमास्कसबाट जहाज चढेर हिँडेको जनाएको छ । रोयटर्सका अनुसार असद कतातर्फ लागे भन्ने स्पष्ट भएको छैन ।

सिरियाली विद्रोही समूहले ‘दमास्कस असदमुक्त’ भएको घोषणा गरेको छ । राष्ट्रपति असद ‘भागेपछि’ सार्वजनिक संस्थानहरू प्रधानमन्त्रीले सम्हाल्ने पनि विद्रोहीहरूले बताएका छन् ।

दमास्कसमा नियन्त्रण गुमाएसँगै असद परिवार र सिरियन बाथ पार्टीको झण्डै आधा शताब्दी लामो शासन अन्त्य भएको छ।


सम्बन्धित शीर्षकहरु

ब्रसेल्स। युरोपेली संघ (EU) का सदस्य राष्ट्रहरूमा गत वर्ष ४५ वटा आतंकवादी आक्रमण वा प्रयास भएका र तीमध्ये केही घटनाको…

पेरिस। २०२६ फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित भएपछि फ्रान्सका विभिन्न शहरमा भएको हिंसात्मक घटनापछि १६० भन्दा बढी व्यक्ति पक्राउ परेका…

२०० भन्दा बढी देशहरुमा पैसा पठाउने सुविधा अब मुजैनी कुवेतमा मुजैनी एक्सचेन्ज (Muzaini Exchange) र मनीग्राम(MoneyGram)ले आधिकारिक रूपमा एक रणनीतिक…

प्रतिकृयाहरू
...